रञ्जिताले बोलाएको बैठकमा रेशम समूह अनुपस्थित

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले बोलाएको बैठकमा संरक्षक रेशम चौधरी समूह नजाने भएको छ ।

रञ्जिताले आज आइतबार र भोलि (सोमबार)का लागि केन्द्रीय समितिको बैठक डाकेकी छन् । बैठकमा छलफलका एजेन्डामा केन्द्रीय समिति सदस्यहरूको नाम निर्वाचन आयोगमा अद्यावधिक, विधान संशोधन, समसामयिक, विविध लगायत रहेको केन्द्रीय सदस्य दामोदर पण्डितले जानकारी गराए । बैठक दिउँसो १ बजे काठमाडौँमा बस्नेछ ।

अध्यक्ष रञ्जिताले बोलाएको बैठकमा संरक्षक रेशम पक्षधर सहभागी नहुने उनी पक्षका एक नेताले जानकारी गराए । ‘हामी जान्दैनौँ । अरु को को बैठकमा जान्छन् । थाहा भएन’, रेशम पक्षका शीर्ष नेताले भने ।

रेशम पक्षले अध्यक्ष रञ्जितालाई पदमुक्त गरे पनि निर्वाचन आयोगले उनी नै कायम रहने निर्णय गरेको थियो । रेशम पक्षले रञ्जितालाई हटाएर लालवीर चौधरीलाई अध्यक्ष बनाएपछि दुई पक्षको विवाद थप बढेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 88 times, 1 visits today)

epaper

ताजा समाचार

सिन्धुलीमा अनिश्चितकालीन कफ्यु आदेश