अंश विवादमा छोराले गरे आमाको हत्या

सिन्धुली । दुधौली नगरपालिकाको भौंडीमा छोराले आमाको हत्या गरेका छन् । जग्गाको अंश विवादमा दुधौली नगरपालिका वडा नं. १४ भौडीकी ६५ वर्षिय फाल कुमारी सुनुवारको आइतबार दिउँसो छोराले हत्या गरेका हुन ।

सुनुवारका जेठा छोरा ४० वर्षीया तुलाराज सुनुवारले आमाको घरमा आई आमासँग जग्गा अंश दिन माग गर्ने र झगडा गर्ने क्रममा गलले निधारमा हानेर फालकुमारीको हत्या गरेको इलाका प्रहरी कार्यालय डकाहाका प्रहरी निरीक्षक सिमोन धितालले बताइन ।

सुनुवार माइली बुहारीसँग बस्दै आएकी थिइन । जेठा छोरा र कान्छा छोरा छुट्टै बसेका थिए । छुट्टै बसेका छोरा तुलाराजले मदिरा सेवन गर्ने र अंश माग्दै आमासँग पटक पटक घरझगडा गर्दै आएको स्थानीयले बताएको धितालले बताइन ।

उनका अनुसार गलले हानेर मृतकको निधारमा गहिरो चोट लागेको छ । आमा ढलिसकेपछि सुँगुरलाई घोच्ने सुईरोले आमाको पेटमा घोँचेर घाउ समेत बनाएको देखिएको छ ।

आमाको हत्या गरेर भाग्दै गर्दा तुलाराजलाई स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरिसकिएको छ । मृतकको शव पोष्टमार्टमका लागि कटारी अस्पताल उदयपुर लाने तयारी गरिएको धितालले जानकारी दिएकी छिन् । घटनाको थप अनुसन्धान भइरहेको धितालले जानकारी दिएकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 325 times, 1 visits today)

epaper

ताजा समाचार

एक घण्टाभित्रै फरार भएका २४ सप्तरी कारागारको सम्पर्कमा