एक साँझमा प्रस्तुत हुँदै शान्तिराम राई

काठमाडौं । संगीतकार तथा गायक शान्तिराम राई एकल सांगीतिक साँझमा प्रस्तुत हुने भएका छन् । खोटाङ कलाकार समाजले शुक्रवार काठमाडौँमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै राईको एकल सांगीतिक साँझ आयोजना गर्न लागेको जनाएको छ । समाजका अनुसार आगामी १३ मंसिरमा काठमाडौँमा ‘शान्तिराम राई एकल सांगीतिक साँझ’ आयोजना गरिँदै छ ।

खोटाङ कलाकार समाजका अध्यक्ष रूपकुमार राईले खोटाङका अग्रज कलाकारहरूको सम्मानार्थ नियमित रूपमा वार्षिक एकल सांगीतिक साँझ कार्यक्रम गर्ने उद्देश्य सहित यो कार्यक्रम गर्न लागेको बताए । संगीतकार शान्तिराम राईको सांगीतिक संर्घष र नेपाली संगीत क्षेत्रमा उनले दिएको योगदान बुझेर एकल साँझमा यी संगीतकारलाई रोजेको पनि अध्यक्ष राईले जानकारी गराए ।

कार्यक्रममा बोल्दै संगीतकार शान्तिरामले भने ‘ जीवन नै संगीतमा समर्पण गरेको मान्छे म हुँ र बाँकी जीवन पनि संगीतमै रहने छु । यो मेरो मात्र एकल सो नभएर खोटङ बासीको साझा कार्यक्रम हो ।’

शान्तिरामले एकल साँझमा ‘तिमी तारे भीर म त लहरा…’, ‘धोका दियौ तिमीले…’, ‘छालहरू ओ छालहरू…’, ‘आइडी काडैले…’, ‘ए पहराकी फूल…’सहित डेढ दर्जन गीत संगीत प्रस्तुत हुने जानकारी गराए । कार्यक्रममा शान्तिरामको संगीतवद्ध गीतहरूलाई दीप श्रेष्ठ, सुक्मित गुरुङ, पवित्रा सुब्बा, राजेश पायल राई, मेलिना राई, सत्यकला राईलगायत गायक गायिकाहरूले प्रस्तुत गर्ने छन् ।

पत्रकार भेटघाट कार्यक्रममा यो एकल साँझमा आफूहरूको पूर्ण सहयोग रहने भन्दै सांसद विशाल भट्टराई, नेता विष्णु राई, दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, व्यावसायि टंक श्रेष्ठ लगायतले शुभकामना दिए ।

तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)

epaper

ताजा समाचार

एक घण्टाभित्रै फरार भएका २४ सप्तरी कारागारको सम्पर्कमा