बाम एकता हुने नै भो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चामा रहेका दलबीच चाँडै पार्टी एकता हुन लागेको जानकारी गराएका छन् । माओवादी केन्द्रको काठमाडौं कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा बिहीबार बसेको पदाधिकारी बैठकमा प्रचण्डले पार्टी एकता’bout जानकारी गराएका हुन् ।

समाजवादी मोर्चामा माओवादी केन्द्रसहित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा छन् । प्रचण्डले चार दलका साथै मोर्चाबाहिर रहेका अन्य साना वामदललाई समेत एकता प्रक्रियामा ल्याउन छलफल भइरहेको जनाइएको छ ।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार छलफल चलिरहेको र छिट्टै पार्टी एकता घोषणा गर्ने तयारी छ । ‘सम्भवत असोज ३ गते नै पार्टी एकता गर्ने तयारीमा छौ ं । दलका शीर्ष नेतासँग छलफल भएको छ । एकता घोषणा हुन्छ,’ बैठकमा प्रचण्डको भनाइलाई उद्धृत गर्दै माओवादी केन्द्रका एक पदाधिकारीले राजधानीसँग भने ।

पछिल्लो समय प्रचण्ड एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहित यादव, विप्लव लगायत नेतासँग छलफलमा छन् । यस्तै प्रभु साह, प्र ेमबहादुर सिंह, मोहन बिक्रम सिंह, मोहन वैद्य, धर्मेन्द्र बास्तोलासहितका नेतासँग पनि छलफल भए पनि यी दलले पार्टी एकतामा चासो नदिएको जानकारी प्रचण्डले बैठकलाई गराएका छन् ।

हालै बसेको माओवादी केन्द्रको बैठकले विप्लव नेतृत्वको पार्टीसँग एकता गर्ने निर्णय गरेको थियो । त्योसँगै अब समाजवादी मोर्चामा रहेका दलहरूकै बीचमा पार्टी एकता गर्ने गरी छलफल सकारात्मक रहेको जानकारी बैठकमा प्रचण्डले गराएका छन् । नेकपाको बैठकले पनि माओवादीको निर्णयलाई स्वागत गर्दै केन्द्रीय समिति बैठकबाट एकता’bout निर्णय लिँदै छ ।

एकीकृत समाजवादीले पनि केन्द्रीय कमिटीको बैठक अगामी २८ र २९ भदौमा बोलाएको छ । सो बैठकबाट पार्टी एकताको ’boutमा निर्णयमा पुग्ने बताइन्छ । एकीकृत समाजवादीका अध्यक्ष नेपाल सहितका नेताहरू माओवादी सहितका दलसँग पार्टी एकता गर्न सहमत भए पनि सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत नेता पार्टी एकताको विपक्षमा छन् ।

समाजवादी मोर्चामा रहेका पार्टी एकताका लागि एकताको ‘मोडालिटी’, सैद्धान्तिक अवधारणालाई अन्तिम रूप दिनेगरी शीर्षनेता आन्तरिक गृहकार्यमा जुटेका छन् । तत्कालीन नेकपा मोडेलमा पार्टी एकता गर्ने सहमति भइसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 244 times, 1 visits today)

epaper

ताजा समाचार

सिन्धुलीमा अनिश्चितकालीन कफ्यु आदेश