कर्फ्यु लगाए पनि बानेश्वरमा सुरु भयो जेनजीको प्रदर्शन

काठमाडौं । स्थानीय प्रशासनले कर्फ्यु लगाए पनि जेनजीले दोश्रो दिन मंगलबार बिहानैदेखि बानेश्वर क्षेत्रमा प्रदर्शन थालेका छन् । बानेश्वर चोकमा जम्मा भएर प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन् । उनीहरुले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्नुका साथै ‘हाम्रा साथी फिर्ता दे सरकार’ जस्ता नारा लगाइरहेका छन् ।

सोमबारको प्रदर्शनका क्रममा १९ प्रदर्शनकारीले प्रहरीको गोलीबाट ज्यान गुमाएका थिए । यस्तै ४ सयभन्दा बढी घाइते छन् । जिल्ला प्रशासन कार्यालय काठमाण्डूले काठमाण्डू महानगरपालिकाका चक्रपथभित्रको क्षेत्रमा बिहान साढे ८ बजेबाट अनिश्चितकालीन कर्फ्यु लगाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 261 times, 1 visits today)

epaper

ताजा समाचार

सिन्धुलीमा अनिश्चितकालीन कफ्यु आदेश