काठमाडौं । राज्यका तीनवटै अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको भौतिक संरचना र प्रणाली जलेर खरानी भएपछि मध्यरातबाट नेपाली सेनाले सुरक्षा कमान्ड सम्हालेको छ । प्रधानसेनापति अशोकराज सिग्देलले भिडियो सन्देशमार्फत शान्ति सुव्यवस्था कायम गर्न सेना प्रतिबद्ध रहेको बताएलगत्तै जंगी अड्डाले विज्ञप्तिमार्फत मध्यरातबाट सुरक्षा कमान्ड सम्हालेको घोषणा गरेको हो ।
यस घोषणासँगै पशुपतिनाथ मन्दिरसहित संवेदनशील निकायमा सुरक्षा पहरा थालेको छ । सेनाले सुरक्षा कमान्डसँगै आन्दोलनकारीसँग वार्ता र संवादको प्रयास पनि सँगसँगै अघि बढाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनरत ‘जेनजी’लाई वार्ताका लागि आह्वान गरेपछि सेनाले वार्तासँगै सुरक्षालगायतको कमान्ड सम्हालेको हो । सेनाले विज्ञप्तिमार्फत राति १० बजेपछि सुरक्षा स्थिति नियन्त्रणमा दृढता रहने प्रतिबद्धता जनाएलगत्तै मध्यरातबाट सेना फिल्डमा उत्रिएका हुन् ।
राज्यका तीन अंग खरानी, सेनाले सम्हाल्यो सुरक्षा कमान्ड
राष्ट्रपतिले वार्ताको आह्वान गरेसँगै काठमाडौ ं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी पुस्ताका तर्फबाट वार्ताको सहजीकरण थालेका छन् । आन्दोलन उग्र बन्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा घोषणा गर्दै बालुवाटारबाट सेनाको हेलिकोप्टर चढेर बाहिरिएपछि राष्ट्रपतिले वार्ता आह्वान गरेका हुन् । वार्ता आह्वान गरे पनि आन्दोलनकारी जेनजीका तर्फबाट वार्तामा कसलाई सहभागी गराउने भन्नेमा भने अन्योल छ । आन्दोलनको संयोजन घोषित र औपचारिक रूपमा कुनै व्यक्तिका तर्फबाट नभएका कारण कसलाई संयोजनका लागि अघि सार्ने भन्ने अन्योल छ ।
तर, महानगरका प्रमुख बालेनले भने सामाजिक सञ्जालमार्फत संसद् विघटनको सर्त अघि सार्दै वार्ता अघि संसद् विघटन भएको हुनुपर्ने सर्त राखेका थिए । काठमाडौ ं उपत्यकाका सार्वजनिक र सरकारी सम्पदासहित पवित्र पाशुपत क्षेत्रमा समेत आक्रमण भएपछि नेपाली सेनाले लिखित मन्तव्यमार्फत संयम रहन अपिल गरेको छ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको फेसबुक पेजमार्फत सम्बोधन गर्दै सार्वजनिक सम्पत्ति र सम्पदाको सुरक्षा गर्न सेना कटिबद्ध रहेको बताएका छन् ।
नेपाली सेनाले ‘टेकओभर’ कतिपयको आशंका र विश्वासबीच सेनाले मध्यरातसम्म आफू परिचालित भएको कुनै संकेत गरेको छैन । तर, भिडियो सन्देशमार्फत नेपाली सेना राष्ट्रिय सम्पदा ऐतिहासिक सम्पदालगायतलाई बचाई राष्ट्रको सर्वो परि हितको रक्षा गर्न प्रतिबद्ध रहेको भन्दै यसलाई आफ्नो कर्तव्य भएको भनेको छ । सेनाले आन्दोलनरत समूहलाई आगजनी र आन्दोलन छाड्न आह्वानसमेत गरेको छ सेनाले आन्दोलनका क्रममा हुन पुगेको जनधन क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको जनाएको छ ।
‘हालसम्म धेरै जनधनको क्षति भइसक्यो, थप जनधनको क्षति हुन नदिन र शान्ति एकता र सद्भाव कायम गर्न ‘ हाम्रो दायित्व हो,’ प्रधानसेनापति सिग्देलले भनेका छन् । सेनाले यसअघि लिखित वक्तव्य जारी गर्दै जेनजी पुस्तालाई संयम हुन आग्रह गरेको थियो । आन्दोलनलाई नजिकबाट नियालिरहेको भन्दै सेनाले नेपाल र नेपालीको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको जनाएको छ । सेनाले परिस्थितिलाई थप जटिल हुन नदिन, सामाजिक सद्भाव र एकता कायम राख्दै संयमित हुन अनुरोध पनि गरेको छ ।
भ्रष्टाचार र कुशासनविरुद्ध जेनजी पुस्ताले सुरु गरेको विद्रोहको दोस्रो दिन विद्रोहले अराजक रूप लिएपछि प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिएर भागेका छन् । निवासमा आगजनीपछि राष्ट्रपति रामचन्द्र पौडेलले पनि शीतलनिवास छाडेका छन् । राजीनामा दिएका ओली र राष्ट्रपति रामचन्द्र पौडेललाई नेपाली सेनाले शिवपुरीस्थित ब्यारेकमा राखेको छ भने क्वार्टरमा बसेका मन्त्री र मुख्यमन्त्रीलाई सेनाको हेलिकोप्टरले नेताको हाल: कोही भागे कोही लखेटिए उद्धार गरी विभिन्न ब्यारेकमा लगेर राखेको छ ।
आन्दोलन उग्र बन्दै गएपछि मंगलबार कालिमाटीमा दुई जना प्रदर्शनकारीको मृत्यु भएको छ भने कोटेश्वरमा तीन जना प्रहरीले ज्यान गुमाएका छन् । उपत्यकाभित्रका सबै प्रहरी कार्यालय जलेर खरानी भएका छन् । प्रहरी कार्यालयका कतिपय हतियार लुटिएका छन् भने अधिकांश जलेर खरानी भएका छन् । सिंहदरबारभित्रका अधिकांश मन्त्रालय, नेपाल टेलिभिजनको कार्यालयसहित सबै जलेका छन् भने बानेश्वर स्थित सम्मेलनकेन्द्र र सर्वो च्च अदालत पनि आन्दोलनकारीले जलाइदिएका छन् ।
उता, अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सबैजसो संवैधानिक निकाय र सरकारी कार्यालय जलेका छन् । चार जना पूर्वप्रधानन्यायाधीशसहितका नागरिक अगुवाहरूले पनि जेनजीलाई संयमता अपनाउन अपिल गरेका छन् । पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्कीसहित मानवअधिकारकर्मी र प्राध्यापकका तर्फबाट संयुक्त अपिल जारी गरी तोडफोड र आगजनी छाडेर संवादमा आउन भनिएको छ ।
उता, नक्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेसहित कैदीबन्दी स्वतःस्फूर्त रूपमा निस्किएपछि जेल खाली भएको छ । देशभरका धेरैजसो कारागारबाट कैदीबन्दी भागेका छन् ।
सम्बन्धित समाचार







