बझाङमा अवाञ्छनीय गतिविधि गर्नेलाई सिधै गोली हान्ने निर्देशन

बझाङ । बझाङ जिल्लामा बुधबार विहानदेखि बजारमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । जिल्लाभरिका सम्पूर्ण सरकारी कार्यालय तथा सार्वजनिक भौतिक संरचनाहरूमा सुरक्षा ब्यावस्था कडाई गरिनुका साथै निगरानी समेत बढाएको प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठीले जानकारी दिए ।

सुरक्षा समितिको बैठेकले बेलुका ५ बजेदेखि सदरमुकाम चैनपुर तथा अन्य ठाउँमा अनावश्यक आवतजावत गरेको, हुलहाल गरेको, अनाहकमा सार्वजनिक भौतिक संरचनामाथि तोडफोड गरेको फेला परेको खण्डमा गोली समेत हान्न सकिने छ । साथै सम्पूर्ण सुरक्षाकर्मीहरूलाई पनि सोही अनुसार तयारी अवस्थामा राखेको र निर्देशन पनि सोही अनुसार भएको स्रोतले जनाएको छ ।

जेनजिको नाममा अराजक समुहहरूले र केही रिसिवि साध्ने तरिकाले अराजक गतिविधि हुन थालेपछिसुरक्षा ब्यावस्थामा कडाई गरिएको हो । जिल्लाका सबै नागरिकहरूलाई आ-आफ्ना बालबालिकाहरूको सुरक्षा गर्न र अनाहकमा बाहिरी निस्कन र हुलहाल नगर्न दिन प्रमुख जिल्ला अधिकारी ठकुराठीले सम्पुर्ण अभिभावकहरू लाई अनुरोध समेत गरेका छन् ।

यदि कोही कसैको लहलहैमा लाग्दा ठुलो दुर्घटना समेत हुनसक्ने भएको कारण यसमा अभिभावकहरूले आफ्ना साना बालबालिकाहरूको रेखदेख तथा निगरानि गर्नका लागि अनुरोध गरेका छन् ।

अहिले सदरमुकाम चैनपुरमा सुरक्षाकर्मी अन्तरगत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपालि सेनालाई परिचालन गरिएको छ । नेपाली सेनाले माईकिङ गर्दै अनावश्यक रूपमा हिड्डुल नगर्न, भिडभाड नगर्न आफ्नो बासस्थान तथा गाउँघर टोलमा कुनै अप्रिय घटना घट्न खोजे र अपरिचित ब्याक्ति देखेको खण्डमा नजिकैको प्रहरीको पैशा नलाग्ने नम्बर १०० नेपाली सेनाको ०१५९७९००० मा सम्पर्क गरि जानकारी गराउन अनुरोध गरेको छ ।

नेपाली सेनाले बुधबार २५ गतेको ५ बजे बेलुका बाट विहिवार २६ गते विहान ६ बजे सम्म कर्फ्यु आदेश जारी गरेको छ । साथै उक्त विषय ’bout जानकारी गराउन आम नागरिकलाई माईकिङ गर्दै नेपाली सेनाले जानकारी गराई रहेका छन् । नेपाली सेनाले जानकारी गराए अनुसार नै काम गर्न प्रमुख जिल्ला अधिकारिले सबै नागरिकहरूलाई अनुरोध गर्नु भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 194 times, 1 visits today)

epaper

ताजा समाचार

एक घण्टाभित्रै फरार भएका २४ सप्तरी कारागारको सम्पर्कमा