संवादमा आउन राजनीतिक दलहरूलाई एमालेको अपिल

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले संवैधानिक तथा लोकतान्त्रिक उपलब्धिको रक्षाका लागि भन्दै सबै राजनीतिक दलहरूलाई पारस्परिक संवादमा आउन आह्वान गरेको छ ।

मुलुकको विकसित पछिल्लो राजनीतिक घटनाक्रम’bout महासचिव शंकर पोखरेलले पार्टी सचिवालयको वक्तव्य जारी गर्दै यस्तो आह्वान गरेका हुन् । एमाले महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्तो विषय परिस्थितिमा सङ्घीय संसद, न्यायपालिका, प्रदेशसभा, प्रदेश सरकार र स्थानीय तहहरूले आ–आफ्नो स्थानबाट लोकतन्त्रको रक्षाका लागि रचनात्मक भूमिका खेलून् भन्ने हाम्रो आग्रह छ ।

स्थानीय तहहरूले निर्वाध रूपमा सेवाप्रवाह गर्ने वातावरण निर्माण गरिनुपर्छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधान, लोकतन्त्र, गणतन्त्र, शान्ति र राष्ट्रिय स्वाभिमानका पक्षधर सबै राजनीतिक दलहरूलाई पारस्परिक संवादमा आउन र संवैधानिक तथा लोकतान्त्रिक उपलब्धिको रक्षाका लागि समझदारी निर्माण गर्न आह्वान गर्दछौं ।’

साथै, एमालेले प्रधानमन्त्रीको राजीनामापछि अबको राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्छ भन्नेमा आफ्नो पार्टी स्पष्ट रहेको पनि एमालेले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 219 times, 1 visits today)

epaper

ताजा समाचार

३० वर्षपछि चलचित्र घरमा आउँदै रंगिला