३० वर्षपछि चलचित्र घरमा आउँदै रंगिला

मुम्बई । चलचित्र ‘रंगीला’ भन्न साथ धेरैले एउटा रोमान्टिक चलचित्र सम्झने गर्छन् । ९० को दशकमा रिलिज भएको राम गोपाल वर्माको यो सुपर हिट चलचित्र थियो । जसले त्यति बेला बक्स अफिसमा महिनौँसम्म दर्शकको ठुलो भिड ल्याएको थियो ।

यही चलचित्र चाँडै नै ठुलो पर्दामा पुनरागमन हुने भएको छ । आमिर खान, उर्मिला मातोंडकर र ज्याकी श्राफको शीर्ष भूमिका रहेको चलचित्र ‘रंगीला’ लाई निर्माण भएको ३० वर्षको अवसरमा पुन रिलिज गरिने भएको छ । धेरै दर्शकहरूले अहिले पनि ‘रंगीला’लाई त्यत्तिकै सम्झने गरेकाले यसलाई पुन रिलिज गर्न लागिएको निर्माता राम गोपाल बर्माले बताएका छन् । यो चलचित्रलाई ३० वर्ष पुरानो अनुभूति दिन अपग्रेड गरिएको ध्वनि र दृश्य गुणस्तरको साथ फेरि प्राविधिक रूपमा ‘डिआई’ गरिएको छ । यो चलचित्रलाई अब यही अक्टोबरमा रिलिज गरिने भएको छ ।

‘रंगीला’को ’boutमा राम गोपालले भने,‘३० वर्ष अघि ८ सेप्टेम्बर, १९९५ मा रिलिज भएको रंगीला त्यस समयको सर्वाधिक हिट साबित भएको थियो र यसलाई दर्शकले अनौठो प्रेम कथा, मनमोहक दृश्यहरू र एआर रहमानको माधुर्य साउन्ड ट्र्याकको लागि अहिले पनि सम्झिने गर्नु हुँदो रहेछ ।’

उनको भनाइमा एआर रहमानले आफ्नो पहिलो मौलिक संगीत पनि चलचित्र ‘रंगीला’ मै दिएका थिए । आमिर खान, उर्मिला मातोंडकर र ज्याकी श्राफको अभिनय, गतिशील कोरियोग्राफी र यादगार गीतहरूका कारण आफ्नो मन जितेको भनाई अहिले पनि दर्शकहरूबाट सुन्न पाइन्छ । एक पटक दर्शकलाई फेरी ३० वर्ष अघिको आनन्द अहिलेको सुपर डिजिटल चलचित्र घरमा ‘रंगीला’ले दिलाउने विश्वास राम गोपालको रहेको छ ।

निर्देशक राम गोपालले भने,‘अल्ट्रा मिडियाको लोकप्रिय पहल अल्ट्रा रिवाइन्डको एक भागको रूपमा चलचित्रको पुनः रिलिजले पुराना प्रशंसकहरूको लागि जादु पुनः सिर्जना गर्ने र नयाँ पुस्तालाई यसको आकर्षण पनि परिचय गराउने लक्ष्य राखेको छ ।’

यस्तै अभिनेत्री उर्मिला मातोंडकरले यो चलचित्र पुनः रिलिज हुन लागेकोमा खुसी व्यक्त गरेकी छिन् । चलचित्र पुन रिलिज अघि नै आफ्नो भावना व्यक्त गर्दै उनले इन्स्टाग्राम पेजमा लेखेकी छिन्, ‘यो मेरो लागि कहिल्यै केवल चलचित्र मात्र थिएन । यो एकदमै विशेष अनुभूति थियो, र अझै पनि खुसी, आशा, सपनाले भरिएको सबैभन्दा महत्त्वपूर्ण चलचित्र बनेको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

३० वर्षपछि चलचित्र घरमा आउँदै रंगिला