मकवानपुर । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा राक्सिराङ गाउँपालिका–१ इन्दुङ बस्ने ४२ वर्षीय रमेश थिङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ती महिलालाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले रमेशलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 228 times, 1 visits today)