ट्रयाक्टर चोरीमा संलग्न भएको आरोपमा ३ जना पक्राउ

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले ट्याक्टर चोरीमा संलग्न भएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ । घरैबाट हराएको त्रियुगा नगरपालिका– १३ बहेडवाका देवनारायण चौधरीको ट्याक्टर चोरीमा संलग्नलाई १४ घण्टा भित्रै पक्राउ गरेको हो ।

चौधरीको घरै अगाडि पार्किङ गरी राखेको स १ त २८२३ नम्बरको ट्याक्टर चोरी भएको जानकारी पाउना साथ खोजतलास थालेको जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले त्रियुगा नगरपालिका– १३ कै फुलजोरबाट ट्याक्टर सहित चोरीमा संलग्नहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका– ७ का २४ वर्षीय सुदिप चौधरी तथा चौदण्डीगढी नगरपालिका– ५ का २५ वर्षीय रोहितकुमार चौधरी र २४ वर्षीय चन्दनकुमार चौधरी रहेका छन् ।

चोरीमा संलग्नहरूले प्रयोग गरेको बा ६३ प ५४७५ नं.को स्कुटर सहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ तीनै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखेर अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)

epaper

ताजा समाचार

दोलखाको लामाबगर खराने खोला नजिक भीषण पहिरो