यसवर्षको ४५ औं तःमुंज्या इटाछेंमा

भक्तपुर । यो वर्षको नेपाल भाषा साहित्य तःमुंज्या (सम्मेलन) भक्तपुरको इटाछेंमा हुने भएको छ । ४५ औं बृहत नेपाल भाषा साहित्य सम्मेलन असोज १८ र १९ गते इताछेंमा हुने भएको हो ।

सम्मेलन’bout जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष रविन्द्र खर्बुजाले ४५ वर्षदेखि एक वर्ष पनि नविराई निरन्तर प्रत्येक वर्ष सम्मेलन चल्दै आएको बताए । यी वर्षहरुमध्ये २०४५ साल भक्तपुर काण्ड र कोरोनाको वर्षमा जटिलताकावीच पनि सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको स्मरण उनले गरे ।

सम्मेलन प्रत्येक वर्ष भैm दुई चरणमा हुने भएको छ । पहिलो चरणमा साहित्यिक कार्यक्रम तथा विचार मन्थन र दोश्रो चरणमा साँंस्कृतिक कार्यक्रम हुनेछ । सम्मेलनका आयोजक समितिका सचिव राजन जतिले जनता म्वाःसा भाषा म्वाई (जनता रहे भाषा रहन्छ) भन्ने नाराका साथ निरन्तर सम्मेलन चल्दै आएको जानकारी गराए । सम्मेलनको क्रममा विभिन्न नयाँं पुराना साहित्यकारहरुबाट साहित्यहरु वाचन गर्ने कार्यक्रम छ । साथै प्रतियोगितात्मक साहित्य वाचन पनि हुने जनाइएको छ । उत्कृष्टलाई पुरस्कार तथा प्रमाणपत्रको पनि व्यवस्था गरिएको कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा विभिन्न विषय विज्ञहरुको मन्तव्य पनि हुने स्पष्ट पारिएको छ ।

सम्मेलनमा आयोजक समितिका सदस्य प्रचारप्रसार समितिका संयोजक राजकुमार लघुले ४५ सदस्यीय मुल समिति र यस अन्तर्गत एक दर्जन भन्दा वढी उपसमितिहरु गठन गरी तयारी चलिरहेको जानकारी गराए । सम्मेलनको उदघाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंबाट हुने तय गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)

epaper

ताजा समाचार

दोलखाको लामाबगर खराने खोला नजिक भीषण पहिरो