नेपाल अहिले एउटा यस्तो पीडामय मोडमा छ जहाँ खुशीको चाडपर्व पनि शोकको चिहानमा परिणत भएको छ । परम्परागत रूपमा दशै र तिहार नेपालीहरूको साझा उमंग ,मिलन र हर्षोल्लासको समय हो । तर यसपालि उत्सवको घण्टी बजनुको सट्टा रूदनको स्वर गुन्जिएको छ,रङ्गी चङ्गी फूल र ज्योति बतीको सट्टा खरानी र धुलोले देश ढाकिएको छ।
ध्वस्त संरचना र विडम्वना
नेपालको महत्वपुर्ण संस्थागत संरचनाहरू सिहदरबार सर्बोच्च अदालत ,संसदभवन प्रहरी चौकी महानगर नगरपालिका वार्ड कार्यालय हरू दशकौको परिश्रम र ईतिहास बोकेर बनेका थिए । तर आज ती संरचनाहरू मात्र होइन ,सत्ता संचालन गर्ने भवनसम्म भाडामा लिनुपर्नै अवस्था आएको छ। संसद भवन पनि खरानी छ ।
राजनीतिक दलको कार्यालयदेखि घरबारसम्म खरानी
केवल राज्यको संरचनाहरू मात्र होइन,राजनीतिक दलका कार्यलयहरू ,नेताहरूको निजी घरपरिवार समेत ध्वस्त पारिएका छन, एमाले, नेपाली कांग्रेस लगायत दलका संरचना ढलेका छन् । नेताहरू स्वयम घरविहिन भएका छन् ।
तर अझ पीडादायी त के भने- एउटा नेता बन्नलाइ धेरै त्याग संघर्ष बाट जनताको भटीबाट निस्केको हुन्छन आफ्नो सबै त्याग गरेर समाजको लागि देशको लागि निरन्तर आवाज उठादै जेलजिवन यातना सबै झेल्दैआएको हुन्छ ।त्यस्तो नेता मात्र देशको मर्म जनताको मर्म बुझ्छ । अराजकले देश बिगार्ने शिवाय अरू उसँग केही भिजन हुँदैन उ खाली जनताको सपनालाई चकनाचुर बनाउँछ । अझ पिडादायी के छ भने स-साना बालबालिकाले निरपराध ज्यान गुमाएका छन् ।
प्रहरी र नागरिकबीचको दुरी
अराजकतामा प्रहरी नै जनताको सुरक्षा ढाल हो भने विश्वाश समेत कमजोर पारिएको छ । प्रहरीमाथि आक्रमण ,हतियार खोस्ने, हत्या गर्ने सम्मको घटनाले समाजलाइ थप विभाजनतर्फ धकेलेको छ।नागरिक र सुरक्षाकर्मीबीचको अविश्वाश लोकतन्त्रको आधारस्तम्भमै प्रश्न खडा गर्ने खालको छ ।
लोकतन्त्र र बलिदानको मूल्य
संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि हजारौले बलिदान दिएका छन । देशको सीमाना विस्तार गरेर फर्केका भीम मल्ल देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र बिकल्प बाकी रह्रो ।
त्यस्तै जब नेपालमा एमाले पार्टी नेपाली कांग्रेस पार्टी को सरकार बनेपछि केही नेतामा बेचयनि भयो कि अब देशमा धेरै कामहरू अगाडि बढीरहेको छ भनेर छटपटाहट भयो जलन भयो । केपी शर्मा ओली प्रधानमन्त्री भएपछि राष्ट्रिय गौरबका योजनाहरू अगाडि बढिरहेको नै थियो ।शिक्षा स्वास्थय शुद्ध पानी फास्टट्रेयाक लगायतको काम अगाडि बढी नै रहेको थियो ।
उहाँ नेपाल राष्ट्र को निम्ति नेपाली जनताको निम्ति र मानव जाति भन्नले नेपालको धर्ती यसको भबिष्यको निम्ति चटानि अडान लिएर काम गरिदा सत्ता बाट बाहिरिनु पर्ने । एक बृद्धले भनुभएको कुरा याद आयो यो कलयुग हो रे यसमा जति राम्रो काम गरेपनि गल्त भ्रम फैलाउने भ्यन्कर कोशिस हुन्छ रे तर आतिनु हुदैन भन्थे सामना गरेर देश बचाउनु पर्छ । यी सबै नेताहरूको योगदानमा मा किन वेवास्ता भइरहेका छन ?
सरकारको असफल्ता
छानबिन ,सत्यअन्वेशन र पारदर्शितामा सरकार कमजोर देखिएको छ । नागरिकको आवाज सुनुको सट्टा इगो र राजनैतिक स्वार्थमा अडकिएको छ।हितेन्द्र शाक्यजस्ता ब्यक्तिलाइ हटाउने पीडीतको आवाज दबाउने सत्यलाइ छोप्ने प्रवृतिको मुलुक अझ अन्धाकारतर्फ धकेलिएको छ।
दशै-तिहारको अर्थहीनता
जसको घर खरानी भएको छ ,उसलाइ दशैको रंगीनता के काम ? जसले आफ्ना सन्तान गुमाएको छ,उसलाइ फुलपाती वा देउसी ( भैलो के अर्थ ? जसको जीवनको पसिना क्षणभरमै ध्वस्त भएको छ,उसलाइ रमाइलो गर्न आग्रह गर्नु नै पीडामाथि नुन छर्किनु हो ।
निष्कर्ष
नेपाल आज आँसु र खरानीबीच उभिएको छ।चाडपर्बको रमाइलो भन्दा ठूलो सत्य भनेको न्याय र पुननिर्माणको माग हो ।जबसम्म सत्य उजागर हुदैन ,जबसम्म पीडितले न्याय पाउदैनन, तबसम्म दशै-तिहारको गीत देशभर गुन्जिने छैन ।
यसले यो वर्षको दशै-तिहार उत्सव होइन प्रतिवादको प्रतीक हुनुपर्छ । अराजकता विरूद्ध र बलिदानीहरूको सपना जोगाउने प्रतिवादको प्रतीक हुनुपर्छ ।
एमाले पार्टी पोल्टब्युरो सदस्य तथा बारा पार्टी इन्चार्ज साह पूर्व कृषि मन्त्री हुन् ।