माओवादीसँग मिल्दै समाजवादी

काठमाडौं । समाजवादी मोर्चामा रहेका चार दल एकीकृत हुने गृहकार्यमा जुटेका छन् । नेताहरू गत ३ असोजमै पार्टी एकता गर्ने गृहकार्यमा भए पनि जेनजी आन्दोलनका कारण ढिलाई भएको हो ।

भुसालको संयोजकत्वमा वार्ता टोली

दसैं, तिहार तथा छठपर्वसँगै पार्टी एकता टुंगोमा पु-याउनेगरी नेताहरूले छलफललाई तीव्रता दिएका हुन् । समाजवादी मोर्चामा रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा र महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बीच पार्टी एकताको गृहकार्य भइरहेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लवसहितका शीर्षनेताले पार्टी एकता’bout पुष्टि गरिसकेका छन् । उनीहरूबीच पछिल्लो समय घनिभूत छलफलसमेत हुँदै आएको छ । वैचारिक, सांगठानिक विषयमा टु ंगो लगाउनेगरी शीषनेताहरू छलफलमा जुटेका छन् । पार्टी संरचना, नेतृत्व, विचार, विभिन्न प्रदेश एवं जिल्ला कमिटी, भ्रातृ संगठनको नेतृत्व एवं कमिटी संख्या’bout छलफल जारी रहेको छ ।

माओवादी केन्द्रको शुक्रबार नै सम्पन्न केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले समाजवादी मोर्चाबीच पार्टी एकीकरण र ध्रवीकरण प्रयास भइरहेको जानकारी गराएका थिए । विप्लव नेतृत्वको नेकपाले वार्ता समिति गठन गरेर पार्टी एकताका लागि छलफल अघि बढाइसकेको छ । नेकपा एकीकृत समाजवादीले पार्टी एकता टुंगोमा पु¥याउनका लागि वरिष्ठ उपाध्यक्ष डा. वेदुराम भुसालको संयोजकत्वमा वार्ता समितिसमेत गठन गरेको छ ।

‘वामपन्थी, कम्युनिस्ट तथा समाजवादी पार्टी र समूहसँग एकता वार्ता गर्नको लागि वरिष्ठ नेता डा. वेदुराम भुसालको संयोजकत्वमा वरिष्ठ नेता प्रमेश हमाल र उपाध्यक्ष प्रकाश ज्वाला सदस्य रहेको वार्ता टोली गठन गरिएको’ सो पार्टीद्वारा जारी अपानीमा उल्लेख छ । अपानीमा पार्टी एकताका सैद्धान्तिक आधार पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी हुने, नेपाली क्रान्ति जनवादी चरण पूरा गरेर समाजवादी चरणमा प्रवेश गरेको मान्ने उल्लेख छन् ।

त्यस्तै, आमनेपाली जनता, दलाल नोकरशाही पूँजीपति वर्गबीचको अन्तर्विरोधलाई वर्तमान नेपाली समाजको प्रधानअन्तर्विरोध मान्ने, पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हुने, पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता हुने, पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद हुने, समाजवादी कार्यदिशा अँगाल्ने र नेपाली विशेषताको समाजवादी कार्यक्रम अंगीकार गर्ने सैद्धान्तिक आधारमा पार्टी एकता हुनेगरी छलफलमा गर्न वार्ता समितिले एकीकृत समाजवादीले जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाहेकका कम्युनिस्ट पार्टीबीच एकता गृहकार्य यसअघिदेखि नै हुँदैआएको छ । प्रचण्ड, नेपाल, विप्लव, यादवसहितका नेताले पार्टी एकता छिटो टु ंगो लगाउने गरी छलफलमा जुटेको सोही पार्टीका नेता बताउँछन् । एकीकृत समाजवादीले आउँदो २१ फागुनमा हुने निर्वाचनमा सहभागी हुने र तोकिएकै मितिमा निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सुनिश्चित गर्न गराउन अपिलसमेत गरेको छ ।

आतंक फिजाएर सरकार बनेको होः ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘वर्तमान सरकार आतंक फिजाएर बनेको’ आरोप लगाउँदै ‘अरूलाई सुरक्षा दिन्न भन्ने ? भन्दै प्रश्न गरेका छन् । एमालेनिकट युवा संघले शनिबार गुण्डुमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरो प लगाएका हुन् । ‘भ्रष्टाचार ग¥यो भनेर अफवाह फैलाइएको’ भन्दै ओलीले आक्रोशसमेत पोखे ।

उनले ‘सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले विभिन्न प्रकारका हल्ला गरिरहेको आफूले सुनेको’ पनि उल्लेख गरे । ‘म सुनिरहेको छु, सरकार विभिन्न प्रकारका हल्ला गरिरहेको छ, पासपोर्ट रोक्ने ? के ठानेको छ ? यो हा..हुको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौं र ? हामीले यो देश बनाउनुपर्ने छ । फेरि पनि हामी यो देशलाई संवैधानिक र लोकतान्त्रिक मूलधारमा ल्याउँछौं,’ ओलीले भने । पूर्वप्रधानमन्त्री ओलीले देशलाई एमालेले मात्रै सही बाटोमा फर्काउन सक्ने दावीसमेत गरे ।

देश बनाउने कुरामा एक रत्तिपनि हरेस नखान ओलीले पार्टी पंक्तिलाई आग्रह गरेका छन् । ‘देश बनाउने एमालेले नै हो । त्यसैले तपाईंहरूले हरेस नखानुहोस् । सिंगो देशवासीलाई आग्रह गर्छु, सबै ंसंयमता अपनाउनुस् । राष्ट्र जोगाउन एकता चाहिएको छ, त्यहीअनुसार आग्रह गर्छु,’ उनले भने ।

त्यस्तै, ओलीले जेनजी आन्दोलनका क्रममा बालुवाटारबाट भाग्नुपर्दाको क्षण स्मरणसमेत गरेका छन् । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका अध्यक्ष पासाङ शेर्पासहितको टोलीसँग ओलीले गत २४ भदौमा प्रदर्शनकारीले आफूलाई मार्ने योजना नै बनाएको दावीसमेत गरे ।

बालुवाटारबाट ५ मिनेट पहिला निस्किन सकेकाले मात्रै सुरक्षित भएको उनले बताए । अध्यक्ष ओलीले प्रदर्शनकारी आफूलाई मार्ने र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई घाइते बनाउने योजनासहित अगाडि बढेको दावी गरे । ‘पाँच मिनेट ढिला भएको भए मार्ने नै थिए । शेरबहादुरजीलाई घाइते बनाउने र मलाई मार्ने खालको योजना रहेको थियो,’ उनले भने ।

ओलीले आफूलाई सुरक्षाकर्मीमाथि भरोसा भए पनि प्रदर्शन चर्किंदै गएपछि उनीहरूले पनि केही गर्न सकिँदैन भनेपछि त्यहाँबाट भाग्नुपरेको सुनाए । अन्तिममा नेपाली सेनाले आफूलाई सुरक्षित स्थानमा लगेको उनले स्मरण गरे । ‘सुरक्षाकर्मीमाथि मलाई भरोसा भयो । तर, सेक्युरिटीले हामी केही पनि गर्न सक्दैनौ ं भन्यो,’ उनले भने । तत्कालीन प्रधानमन्त्री ओलीले सो दिन दिउँसो २ बजे पदबाट राजीनामा दिएका थिए ।

आन्दोलन चर्किंदै गएपछि नेपाली सेनाले ओलीलाई हेलिकोप्टरमार्फत शिवपुरी ब्यारेकमा लगेर सुरक्षा दिएको थियो । प्रमुख दलहरूमा नेतृत्व पुस्तान्तरण र हस्तान्तरण जिषय चर्को रूपमा उठिरहेको भए पनि ओलीले नेतृत्व छोडने संकेत भने गरेका छैनन् ।

तपाइको प्रतिक्रिया
(Visited 346 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्रीको सचिवालयमा तीन सल्लाहकार