कुमारी आर्यताराले आज सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौँ । कुमारी आर्यताराले सर्वसाधारणलाई दशैंको टिका लगाइदिने भएकी छिन् ।

महानवमीको रात हिजो जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराइएको र आज सर्वसाधारणलाई दशमीको टीका ११ बजेपछि लगाउने कार्यसूची रहेको हनुमानढोकास्थित कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिए ।

जीवित देवी कुमारीलाई विशेष शक्ति प्राप्त हुने विश्वासका साथ महानवमीको मध्यरातमा तलेजु भवानीको दर्शन गराइने प्रचलन छ । भवानीको प्रतीकका रूपमा कुमारीलाई सम्मान गरिन्छ ।

नवमीको रातमा पनि मूल चोक नजिकै पूजाआजाका क्रममा ५४ बोका र ५४ राँगाको बलि दिइएको थियो । गए राति कालरात्रिमा समेत पशु बलि दिइएको हो । यसरी तलेजुको पूजाआजा गर्दा राज्य सञ्चालनका लागि शक्ति प्राप्त गर्ने सङ्कल्पसहित धार्मिक गतिविधि गरिँदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 76 times, 1 visits today)

epaper

ताजा समाचार

दोलखाको लामाबगर खराने खोला नजिक भीषण पहिरो