नेपाल–चीन दौत्य सम्बन्धको ऐतिहासिकता

भारतीय महापण्डित राहुल सांकृत्यानले ‘चीन मे क्या देखा’ नामक पुस्तकमा चीनले ६०कै दशकमा गरेको उन्नति प्रगति देखेर तीनछक्क परेको उल्लेख गरेका छन् । ‘यो उन्नति शासन व्यवस्था र नेताका दूरदृष्टिबाट भएको किटान गरेर त्यहाँको विकास देख्दा यहाँ (भारतमा) पनि त्यसैको खाँचो छ’ भन्ने पुस्तकमा जाहेर गरेका छन्, सांकृत्यानले । ६० को दशकमा त महापण्डित सांकृत्यानले त्यस्तो विकास देखेका थिए भने ‘आज त्यहाँ कस्तो होला ?’ सहजै अनुमान लगाउन सकिन्छ ।

चीन र नेपालका नागरिक हिमालयवारिपारि छन् । चीन विकासको शिखरमा पुगेको छ भने हामी आजका दिनसम्म पनि धेरै नै पछाडि छौं । यस अवस्थामा चीनले गरेको विकासबाट हामीले पनि फाइदा लिने बाटोमा अग्रसर हुनु टड्कारो आवश्यकता छ । दुवै देशबीच जनस्तरमै सहकार्य हुनसक्यो भने नजिकका दुई घनिष्ट मित्रराष्ट्रसँगको मैत्रीसम्बन्धलाई भोलिका दिन नवीन उचाइमा पु¥याउन सकिन्छ । झण्डै दुई सय वर्षअघि महान् चिनियाँ भिक्षु फा सियानले नेपालका महान् भिक्षु बुद्धभद्रले चीन भ्रमण गरेर यहाँका बौद्ध ग्रन्थको चिनियाँ भाषामा अनुवाद गरेर नेपाल–चीन मित्रता सगरमाथाका शिखरमा पु¥याएका थिए । त्यही मित्रताको आभा आज पनि दुवै मुलुकमा फलिइरहेको आभाष हुन्छ ।

चीनका थाङ वंश राजा स्रङचन गम्पोले नेपालका महासामान्त अंशुबर्माकी छोरी भृकुटीसँग विवाह गरेपछि नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिएको थियो । विवाहपछि रानी भृकुटीले नेपालबाट अनेकौं कलाकारलाई चीनमा लगेर चैत्य निर्माण गराएको प्रमाण पाइन्छ । राजा स्रङचन गम्पोसँग विवाह गर्नुपूर्व राजकुमारी भृकुटीले चीनमा बौद्धधर्म प्रचारप्रसार गर्न पाउनुपर्ने माग राखेकी थिइन् । राजाले उनको माग स्वीकार गरेका थिए भन्ने इतिहासविद् बताउँछन् । चिनियाँ महान् अन्वेषक भिक्षु हुवेन साङले भगवान् बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गरेर आफ्नो नियात्रामा अनमोल वर्णन गरेका थिए । नेपालका सुप्रसिद्ध कलाकार अरनिकोले चीन गएर नेपाली कलाकारिताले भरिपूर्ण श्वेत स्तुप निर्माण गरे । जुन स्तुपले आजसम्म पनि नेपाल–चीन प्रगाढ सम्बन्धको गाथा गाइरहेको छ । नेपाल–चीन युगौंदेखि सम्बन्ध प्रगाढ बनाउन यस्ता अनेक कुराले भूमिका खेलेको देखिन्छ ।

नेपाल र चीनबीच जनस्तरमा रहेको सम्बन्धको इतिहास धेरै पुरानो छ । प्रचीनकालमा नेपाल आएका चिनियाँ पर्यटकले यहाँको वस्तुस्थिति’bout गहन अध्ययन गरेर पुस्तक लेख्ने गरेका थिए । अहिलेसम्म प्राप्त विवरणअनुसार नेपालमा अंशुबर्माले छैटौं शताब्दी अन्त्यदेखि सातौं शताब्दी सुरुवातसम्म राजा शिवदेव प्रथमबाट महासामान्तको पदवी लिएर नेपालको शासनसत्ता चलाएका थिए । अंशुबर्माकै शासनकालमा ‘हुएन साङ’ नामक चिनियाँ अन्वेषकले नेपाल भ्रमण गरेका थिए । भ्रमण पूरा गरेर फर्किएपछि उनले लेखेको आत्मवृत्तान्तमा अंशुबर्माको राजदरबार अर्थात् कैलाशकुट भवनको अतुलनीय सौन्दर्य वर्णन गरिएको पाइन्छ ।

अंशुबर्माको शासन सुरु हुनुअघि पनि चिनियाँ यात्री फाहियान नेपाल आएर बौद्धधर्म ग्रन्थलाई चिनियाँ भाषामा अनुवाद गरेर लगेका थिए भन्ने विश्वास गरिन्छ । ‘स्वयम्भू पुराण’ले नेपालको उत्पत्तिको समयदेखि नै चीन र नेपालको सुमधुर सम्बन्ध रहेको विषयमा चर्चा गरेको देखिन्छ । प्रारम्भमा काठमाडौं उपत्यका विशाल तलाऊ थियो । त्यहाँ अनेकौं नाग बस्दथे । चिनियाँ यात्री मञ्जुश्रीले चोभारमा आफ्ना ‘वरदा’ र ‘मोक्षदा’ नामक दुईवटा खड्गले गल्छी काटेर उपत्यकाको पानी बाहिर बगाए । त्यसको निकै वर्षपछि यहाँ बस्नयोग्य बनाएको श्रेय चिनियाँ यात्री यिनै मञ्जुश्रीलाई जान्छ । ‘स्वयम्भू पुराण’मा मञ्जुश्रीको नेपाल आगमन र ‘नेपाल’को उत्पत्ति कथा रोचक ढंगमा वर्णन गरिएको पाइन्छ । परापूर्वकालमा काठमाडौं उपत्यका ‘नागवास’ नामक ठूलो तालका रूपमा रहेको थियो । ठूलो ताल भए पनि त्यहाँ कमल र कुमुदका फूल थिएनन् । विपश्वी बुद्धले त्यस तलाऊमा एउटा कलमको बीज रोपे । कालान्तरमा त्यहाँ विशाल कमल उम्रियो । त्यही कमलका फूलमा ज्योतिरूप स्वयम्भूका रूपमा आदिबुद्ध प्रकट भए । त्यही ज्योतिको दर्शन गर्न यहाँ अनेक मानुषी बुद्ध आए । चीनको कुनै पहाडी क्षेत्रमा निवास गर्ने बोधिसत्व मञ्जुश्रीले चीनमै बसेर एकचित्तले ध्यान गर्दा दैवीशक्तिले नागवास तलाउमा ज्योतिरूप स्वयम्भूको उत्पत्ति भएको चाल पाए । अनि मञ्जुश्री नागवास तलाउमा आइपुगे ।

चीन विकासको शिखरमा पुगेको छ भने हामी आजका दिनसम्म पनि धेरै नै पछाडि छौं । यस अवस्थामा चीनले गरेको विकासबाट हामीले पनि फाइदा लिने बाटोमा अग्रसर हुनु टड्कारो आवश्यकता छ । दुवै देशबीच जनस्तरमै सहकार्य हुनसक्यो भने नजिकका दुई घनिष्ट मित्र राष्ट्रसँगको मैत्रीसम्बन्धलाई भोलिका दिन नवीन उचाइमा पु¥याउन सकिन्छ

आफ्ना देशका कृषक, भिक्षु र राजा धर्माकर र दुई पत्नी (देवी)समेत अनेक शिष्यका साथमा मञ्जुश्री यहा“ आएका थिए । उनले स्वयम्भूको पूजा र परिक्रमा गरे । दोस्रो परिक्रमाका क्रममा मञ्जुश्रीले दक्षिण दिशाको पहाडमा पुग्दा त्यसैलाई नागवास तलाउको पानीको निकासका लागि उपयोगी हुने ठानेर ‘वरदा’ र ‘मोक्षदा’ दुई खड्गले त्यहाँको डाँडो काटेर नागवासको पानी बाहिरतिर बगाए । त्यसपछि नागवास सुक्दै गएर बसोवास गर्न मिल्ने ठाउँ बन्यो ।

नागवासको पानी सुकेपछि मञ्जुश्री उपत्यकाका विभिन्न ठाउँमा घुमफिर गर्नथाले । उनले स्वयम्भू र गुह्येश्वरीबीच ‘मञ्जुपतन’ नामक ठूलो मानवबस्ती बसाए । मञ्जुश्रीद्वारा बसाइएको सहर भनेर यसको नाम ‘मञ्जुपतन’ राखियो । चीनबाट आफूसँग आएका शिष्य र कृषकलाई मञ्जुपतनमा बसोबास गराई राजा धर्माकरलाई यहाँका राजा बनाई ‘राजकाज राम्ररी चलाउनु’ भन्ने आदेश दिएर मञ्जुश्री नेपालबाट चीन फर्केर गएको किंवदन्ती पाइन्छ ।

लिच्छवीकालमा नेपाल र चीनबीच सम्बन्ध चौथो शताब्दीदेखि सुरु भएको मानिन्छ । चौथो शताब्दी अन्त्य र पाँचौं शताब्दी सुरुवातमा चिनियाँ यात्री फाहियानले बौद्धधर्म ग्रन्थ ‘त्रिपिटक’ चिनियाँ भाषामा अनुवाद गरेर चीनमा फिँजाएका थिए । हालसम्म प्राप्त प्रमाणका आधारमा नेपाल आएर यहाँ’bout पुस्तक छाप्ने फहियान नै प्रथम चिनियाँ विद्वान् हुन् । त्यसपछि ह्वेन साङ, वाङ इन चेलगायत भिक्षु यही भूमिमा आएर यहाँको समाज, रहनसहन, धर्म र संस्कृति’bout लेखेर चीनमा फैलाएका थिए । लिच्छवीकालमा नेपाल र चीनबीच धेरै गहिरो भ्रातृ सम्बन्ध पनि भयो, त्यसैकालमा नेपालको कपिलवस्तुको तर्फबाट बौद्धभिक्षु बुद्धभद्रले चीन भ्रमण गरेर नेपाल–चीन मित्रताको गाँठो अझ कसिलो बनाएका थिए ।

सन् ६२० मा महासामन्त अंशुबर्माको निधनपछि ‘सामन्त’ पदवीबाट अंशुबर्माले सत्ताच्यूत गराएका गुप्तहरू निकै जुर्मुराउन थाले । अंशुबर्मापछि नेपालको राजा भएका उदयदेवलाई उनीहरूले कारबाही गर्न लागेपछि राजा उदयदेव भागेर तिब्बतमा शरण लिएको इतिहास पाइन्छ । यी तमाम प्रसंगले पनि नेपाल र चीनबीच सम्बन्ध लिच्छवीकालदेखि नै सुमधुर भएको स्पष्ट हुन्छ । उदयदेवका छोरा नरेन्द्रदेवले चीनकै राजाको सहयोगमा सन् ६४० मा पुस्तैनी आफ्नो राज्य फिर्ता लिएको इतिहासमा उल्लेख छ । चिनियाँ सम्राट स्रङचङ गम्पोले भारतविरुद्ध मच्चाएको संघर्षमा नेपालका तर्फबाट नरेन्द्रदेवले समर्थन मात्र गरेका थिएनन्, भारतीय शासक अरुणाश्वलाई आफ्ना सेनाको सहयोगमा पक्राउ गरेर चीनलाई बुझाएको कुराले पनि त्यतिबेला भारतभन्दा चीनसँग सम्बन्ध प्रगाढ भएको छर्लंग हुन्छ । १३औं शताब्दीमा नेपाली कलाकार अरनिकोले चीनमा गएर स्वर्णधातुमा कला देखाएर चीनमा नेपाली कलाकौशलले भरिपूर्ण चैत्य निर्माण गरेपछि चिनियाँ र नेपालीबीच घनिष्ट सम्बन्ध बनेको देखिन्छ ।

लिच्छवीहरूको शासन नेपालमा मल्लकाल उदय भयो । यस कालमा पनि चीनसँग नेपालको मैत्री सम्बन्ध सुमधुर भएको पाइन्छ । चीन र नेपालको व्यापार व्यवसायका लागि विभिन्न सन्धि सम्झौता भएका देखिन्छन् । मल्लकालपछि नेपाल एकीकरण भयो । पृथ्वीनारायण शाह नेपालका राजा भए । उनको समयमा पनि व्यापारका हिसाबले नेपाल र चीनबीच मैत्रीपूर्ण सम्बन्ध थियो भन्न सकिन्छ । नेपालमा निरंकुश जहानियाँ राणा शासन सुरु भएपछि राणा शासकले चीनसँगको सम्बन्धलाई खासै महŒव दिएको देखि“दैन । राणहरू आफ्नो कुर्सी जोगाउन अंगे्रजको चाकडीमा लागे । भारतमा ब्रिटिस साम्राज्य थियो, राणाहरू उनीहरूको पिछलग्गु बनेका थिए । उनीहरूले चीनसँगको सम्बन्धलाई पूर्ण बेवास्ता गरे । राणा शासन अन्त्यपछि शाहकाल सुरुमा खासै उल्लेखनीय सम्बन्ध नभए पनि राजा त्रिभुवनको मृत्युपछि नेपालको शासन सम्हालेका राजा महेन्द्रले ‘असंलग्न परराष्ट्र नीति’ अंगिकार गरेर उत्तरको चीन र दक्षिणको भारतसँग समान सम्बन्ध स्थापना गरेका थिए । उनले चीन र भारतबाट समान रूपमा सहयोग लिएका थिए ।

चीन अहिले विश्वको अमेरिकापछिको दोस्रो ठूलो अर्थतन्त्र भएको देश बनेको छ । औद्योगिक उत्पादन, निर्यात र लगानीका हिसाबले यो विश्वकै अग्रस्थानमा छ । चीनमा बनेका विविध वस्तुले आज विश्वबजार भरिभराउ छन् । चीनमा हाईस्पिड रेल नेटवर्क छ । आधुनिक सहर, स्मार्ट सिटी बनेका छन् । सांघाई र सेन्जेनजस्ता अन्तर्राष्ट्रिय व्यापारका प्रमुख केन्द्र बनेका छन् । फाइब जी, कृत्रिम बुद्धिमत्ता एआई र रोबोटिक्समा चीन संसारकै अग्रणी देश बनेको छ । विज्ञान, इन्जिनियरिङ र प्रविधि क्षेत्रमा लाखौंलाख विद्यार्थी त्यहाँ गहन अध्ययन अनुसन्धानमा लागेका छन् । ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ अर्थात् ‘बीआरआई’मार्फत विश्वका कयौं देशसँग चीनले आर्थिक सहकार्यलाई अगाडि बढाइरहेको छ । यस्तो अवस्थामा नेपालले चीनसँग शिक्षा, पर्यटन, यातायात, सञ्चार, रोजगारीजस्ता कुरामा सहकार्य गर्न आवश्यक छ । नेपालबाट उच्चशिक्षा तथा प्राविधिक शिक्षाका लागि युरोप अमेरिकाभन्दा चीनतर्फ केन्द्रित गर्ने हो भने त्यसबाट महत्तम उपलब्धि हासिल हुनसक्ने देखिन्छ । आज नेपालले चीनबाट त्यहाँको कृषि, पशुपालन, उद्योगधन्दा, विज्ञान प्रविधिलाई देखासिकी गर्ने मात्र होइन, सहकार्य गर्न पनि आवश्यक छ ।

चीन हाम्रो नजिकको छिमेकी देश हो । हामीले पनि यसको ‘एक चीन नीति’ स्वीकार गरेका छौं । चीनविरुद्धका कुनै पनि गतिविधि नेपालमा हुन नदिन हामी सधैं सचेत बनेर विज्ञान, प्रविधिलगायत अनेकौं कुरामा विकासको चरम शिखर चुमेको चीनसँग भावी दिनमा कृषि, श्रम, रोजगार, उद्योग वाणिज्य र यातायात सञ्चार क्षेत्रमा सहकार्य गर्न सकेका खण्डमा दुवै पक्षको हित हुनेमा दुईमत नहोला † आफ्नो नजिकको छिमेकी राष्ट्रको हितका लागि युवापुस्ता गम्भीर हुनुपर्ने देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)

epaper

ताजा समाचार

भोजपुरमा उद्योग दर्ता वर्षेनी घट्दो, खारेजी बढ्दो