काठमाडौं । भक्तपुर जग्गा तथा आवास विकास संघलाई जग्गा तथा आवास क्षेत्रको उत्कृष्ट संस्था बनाउने लक्ष्य अनुरुप संस्थाको भावी योजनाहरु तय गर्न एक दिने योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । भक्तपुरको रानिकोटस्थित भिलेज हाइल्याण्ड रिसोर्टमा विहिवार भएको कार्यक्रममा आगामी दिनहरुमा गर्ने गतिविधिहरु तय गर्न कार्यशाला गोष्ठी गरिएको हो ।
गोष्ठीका सहभागीहरुले संघको सदस्यता वृद्धि, सदस्यहरुलाई दिइने सेवा सुविधा, संघको आर्थिक विकास, सूचना प्रवाह लगायत व्यवसायीहरुको समस्या समाधान तथा व्यवसाय प्रवर्धनका लागि सदस्यहरुको क्षमता अभिवृद्धिका लागी गर्ने कार्यहरुको योजना तयार पारेका छन् । त्यसै गरी यस संघले आगामी ५ वर्षमा आफूलाई कसरी प्रस्तुत गर्ने भन्ने सम्बन्धमा भिजन पनि प्रस्तुत गरेका छन् ।

उक्त अवसरमा संघका अध्यक्ष राधेसुन्दर साँयजुले व्यावसायिक एकता नै आजको आवश्यकता भएको बताउँदै घर जग्गा व्यवसायको क्षेत्रमा देखिएका समस्याहरुलाई सामूहिकरुपमा पैरवी गर्न संघले महत्वपूर्ण भुमिका खेल्ने बताए ।
यसैगरी संघका संस्थापक अध्यक्ष एवं नेपाल जग्गा तथा आवास विकास महासंघका महासचिव रोसन भयोध्योले संघ स्थापनाको ऐतिहासिक पृष्ठभूमिका ’boutमा जानकारी गराउँदै संघलाई मुलुककै नमूना संघको रुपमा विकास गर्न आगामी दिनहरुमा गर्नु पर्ने कार्यहरुका ’boutमा सुझाव प्रस्तुत गरेका थिए ।
यसै गरी उक्त गोष्ठीमा संघका सल्लाहकार एवं भक्तपुरका प्रतिष्ठित व्यवसायी राम सुन्दर बकेले जिल्लाका सबै तह र तप्काका घरजग्गा व्यवसायीको समस्या सम्बोधन गर्न सक्ने साझा संघको रुपमा भक्तपुर जग्गा तथा आवास विकास संघलाई विकास गरिनु पर्ने बताए ।
कार्यक्रममा संघका पदाधिकारीहरु, कार्यसमिति लगायत अन्य सदस्यहरु, सल्लाहकारहरु र सचिवालयका कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा संघसंस्था व्यवस्थापन विज्ञ उत्तम झाले संघ व्यवस्थापनका सम्बन्धमा प्रस्तुतिकरण गर्नुका साथै योजना तर्जुमामा सहजिकरण गरेका थिए ।






