खजुरी नेपालद्वारा स्वदेशी उद्योगमाथि प्रहार नगर्न आग्रह

काठमाडौं । खजुरी नेपाल कम्पनीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको पत्रलाई लिएर स्वदेशी उद्योगमाथि नकारात्मक हल्ला फैलाएर अनावश्यक प्रहार नगरिदिन आग्रह गरेको छ । अधिकांश उपभोक्ताले अत्यधिक रूचाएर खाजाका रूपमा प्रयोग गर्ने ‘खजुरीको पफ’’bout पछिल्लो समय बजारमा अनेक हल्ला फैलाइएको’bout आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै खजुरी नेपाल प्रालिले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एउटा लटको उत्पादनको गुणस्तरमा सामान्य कमजोरी देखिएको भनेको विषयलाई लिएर उपभोक्तालाई नकारात्मक भ्रम फैलाउने काम भएकाले यस्तो प्रहार नगरिदिन आग्रह गरेको छ ।

केही सामाजिक सञ्जालमार्फत वास्तविक सत्यताभन्दा बढी भ्रमपूर्ण हल्ला फैलाएर स्वदेशी उद्योग सिध्याउने काम भइरहेको प्रति ध्यानाकर्षण भएको भन्दै खजुरी नेपाल प्रालिले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले परीक्षण गर्दा भेट्टिएको सामान्य कमजोरीभन्दा बढी अनावश्यक भ्रामक हल्ला फैलाएर गुणस्तरीयतामा नै नकारात्मक प्रश्न उठाउने काम भएकाले आफ्ना ग्राहक एवं उपभोक्तालाई यस्तो नकारात्मक हल्लाको पछि लगाग्न आग्रह गरेको छ ।

खजुरी कम्पनीले बुधबार विज्ञप्तिमार्फत आफ्ना ग्राहक एवं आमउपभोक्तालाई अहिले बजारमा फैलाइएको गलत हल्लामा विश्वास नगर्नसमेत आग्रह गरेको छ । यस कम्पनीले केही सामाजिक सञ्जालमा आफ्नो उत्पादनलाई ‘विषाक्त’ र ‘खानै नहुने’ भन्नेसम्मका गलत प्रचार गरिनु स्वदेशी उद्योग धरासायी बनाउने काम मात्र भएको जनाएको छ ।

खजुरी नेपाल कम्पनीले विज्ञप्तिमार्फत सरकारको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खजुरीको पफका दुईवटा ब्याच (लट)को उत्पादनलाई विभागको ल्याब परीक्षणमा ‘ट्रान्स फ्याट’ (एक प्रकारको चिल्लो पदार्थ) को मात्रा सरकारले तोकेको सीमाभन्दा बढी देखिएको भनेपछि यस कम्पनीले तत्काल ती ब्याचको सबै उत्पादन फिर्ता लिइसकेको अवस्थामा समेत जबर्जस्ती नकारात्मक एवं भ्रामक हल्ला फैलाउने काम दुःखद् भएको बताएको छ ।

विशेषगरी खाद्य विभागले यस ब्याचको पफलाई खानै नहुने भनेको छैन । सामान्य कमजोरी तथा मापदण्डभन्दा केही कम गुणस्तर मात्र भनेको अवस्थामा पनि केही सामाजिक सञ्जालमा यसलाई ‘विष’ नै भेटिएजसरी अनावश्यक प्रचार गरिकाले आमउपभोक्तामा अनावश्यक त्रास फैलाउने काम मात्र भएको सो कम्पनीले जनाएको छ ।

सरकारले हालै मात्र २०८० माघदेखि खानेकुरामा ‘ट्रान्स फ्याट’ को मात्रा २ प्रतिशतभन्दा कम हुनुपर्ने नियम लागू गरेको छ । खजुरी कम्पनीको दाबी भने वैज्ञानिक तर्कमा आधारित छ । यस कम्पनीका अनुसार पफ बनाउँदा प्रयोग हुने तेलमा १ दशमलव ८ प्रतिशत मात्र ‘ट्रान्स फ्याट’ हुन्छ । पफ तयार हुँदा त्यसमा करिब ३० प्रतिशत चिल्लो पदार्थ रहन्छ । यसरी हिसाब गर्दा सय ग्राम पफमा जम्मा शून्य दशमलव ५४ ग्राम मात्र ‘ट्रान्स फ्याट’ हुन्छ ।

कानुनी सीमाबमोजिम पनि यस्ता उत्पादनमा हुने ट्रान्स फ्याटमा सरकारले २ प्रतिशतसम्म छुट दिएको छ । यस कम्पनीको दाबीअनुसार आफ्नो उत्पादनमा रहेको ‘ट्रान्स फ्याट’ –शून्य दशमलव ५४ प्रतिशत, सरकारले तोकेको सीमा २ प्रतिशतभन्दा धेरै कम छ । त्यसैले यस कम्पनीले आफ्नो उत्पादनलाई फेरि वैज्ञानिक तरिकाले परीक्षण गर्नसमेत माग गरेको छ ।

सो कम्पनीले अनावश्यक स्वदेशी उद्योगलाई धरासायी बनाउने उद्देश्यले भएको यस्तो भ्रामक हल्ला फैलाउने घटनाले एउटा गम्भीर प्रश्न उब्जाएको बताएको छ । स्वदेशी उत्पादन लोकप्रिय हुँदा विदेशी उत्पादनको बजार घट्ने भएकाले स्वदेशी उद्योगलाई धरासायी बनाएर आफ्नो सीमित स्वार्थ पूरा गर्न खोज्ने केही तत्वले सामाजिक सञ्जाल र नकारात्मक हल्लाको भरमा स्वदेशी ब्रान्डलाई बदनाम गराउने ‘षड्यन्त्र’ मात्र हुनसक्ने भएकाले आफ्ना उपभोक्तालाई यस्तो अनावश्यक हल्लाको विश्वास नगर्न आह्वान गरेको छ । स्वदेशी उद्योगको सामान्य प्राविधिक कुरालाई लिएर बिनाआधार उपभोक्तालाई त्रसित बनाउनेगरी नकारात्मक हल्ला फैलाइरहने हो भने यसको परिणाम गम्भीर हुने सो कम्पनीको धारणा छ ।

जसका लागि सो कम्पनीले सरकारले पनि केवल नियमको डण्डा चलाउने मात्र नभएर स्वदेशी उद्योगलाई सुधार्ने मौका र वैज्ञानिक परीक्षणको न्यायपूर्ण अवसर दिनुपर्ने माग राखेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)

epaper

ताजा समाचार

डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै