काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन तोकिएकै मितिमा नहुने भएको छ । महाधिवेशन मिति सार्ने वारेमा नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । क्रियाशील सदस्यताको विवादले महाधिवेशनको कार्यतालिका प्रभावित हुने भएपछि महाधिवेशन सार्ने तयारी कांग्रेस नेताहरूले गरेका हुन् ।
बुधबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो । बैठकमा महाधिवेशनको कार्यतालिका संशोधन गर्ने प्रस्ताव नै गरिएको छ । पुसको दोस्रो साताबाट वडा तहको अधिवेशन सुरु गर्दै १५औं महाधिवेशन २७ देखि २९ पुसमा गर्ने कार्यतालिका यसअघि केन्द्रीय समितिबाट पारित भएको थियो । तर, कार्यतालिका प्रभावित भएपछि महाधिवेशन १५ दिनपछि सार्ने तयारी भएको छ ।
क्रियाशील सदस्यता, राष्ट्रिय सभा सदस्यको निर्वाचन र प्रतिनिधिसभा सदस्यलगायतका निर्वाचनको कारण देखाउँदै कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशन मिति सार्ने ’boutमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई यसअघि नै जानकारी गराएका थिए ।
पार्टीको महाधिवेशन, राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनलगायतका ’boutमा बैठकमा छलफल भएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जनाएका छन् । यसअघि पनि महाधिवेशन निर्वाचन पछि कि अघि भन्ने विषय’boutमा आन्तरिक संघर्ष कांग्रेसभित्र चलेको थियो । सोही कारण कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक महिनौं लम्बिएको थियो ।
तर, बैठकले महाधिवेशन अघि नै निर्वाचन गर्ने निर्णय गरेपछि आन्तरिक कलह मत्थर भएको थियो । कांग्रेसभित्र महामन्त्रीद्वय थापा, शर्मासहित संस्थापनइतरका नेता महाधिवेशन अघि नै महाधिवेशन गर्नुपर्ने अडान लिँदैआएका छन् । नियमित समयमा महाधिवेशन नभएको खण्डमा विशेष महाधिवेशन गर्नुपर्ने उनीहरूको अडान यथावत् रहेको छ ।
बैठकमा कांग्रेसका थापाले महाधिवेशनको कार्यतालिकामा सामान्य संशोधन गर्ने प्रस्ताव आफैं गरेका छन् । क्रियाशील सदस्यता वितरणमा भएको ढिलाइका कारण कार्यतालिका संशोधन गर्न प्रस्ताव पेस गरिएको हो । महामन्त्री थापाले वडा अधिवेशन र क्षेत्रीय अधिवेशनको मिति संशोधन गर्न प्रस्ताव गरेका हुन् । थापाले राखेको प्रस्तावमा वडाको अधिवेशन २१ पुसमा र क्षेत्रको अधिवेशन २३ पुसमा गर्न उल्लेख गरिएको छ ।
महामन्त्री थापाले क्रियाशील सदस्यताको प्रगति’bout जानकारी गराएको कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताए । प्रवक्ता महतले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समानुपातिक सूची निर्वाचनका लागि पेस गर्ने र राष्ट्रिय सभाका सूची तयार गर्ने विषय बैठकमा राखेको बताए ।
महतका अनुसार अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले समितिले गरेका काम कारबाहीका विषयमा बैठकमा जानकारी गराएका छन् । कांग्रेस कार्यसम्पादन समितिको बैठकमा प्रतिनिधिसभा विघटनको विषय र निर्वाचन’bout पनि छलफल भएको उनले बताए । ‘हामी निर्वाचनको तयारीमा छौं र तयारीमा लाग्छौं, निर्वाचन छोडेर पुनस्र्थापनातिर लाग्दैनौं, तर निर्वाचन हुने वातावरण नभए पुनस्र्थापना जानुपर्छ भन्ने हाम्रो कुरा हो,’ प्रवक्ता महतले भने ।
बैठकमा कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलन जाँचबुझ आयोगमा बयान दिने विषयमा पनि कुरा उठेको महतले बताए । जाँचबुझ आयोगमा गएर बयान दिन लेखकलाई बैठकले सुझाव दिएको उनले बताए ।
सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले पार्टीको सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापतिको जिम्मा पूर्णबहादुर खड्कालाई दिएको भए पनि सबै अधिकार आफैंले राखेको टिप्पणी गरेका छन् ।
उनले खड्कालाई नाम मात्रको कार्यवाहक सभापतिको संज्ञा दिए । अहिले पनि सबै शक्ति सभापति देउवाले नै राखेको थापाको गुनासो छ । ‘सभापतिले कार्यवाहक दिनुभएको छ, नाम मात्रको कार्यवाहक दिनुभयो, आजको बैठकमा आउनुभएको छैन, तर सबै शक्ति उतै (देउवाकहाँ) छ,’ थापाले भने ।
यस्तै, उनले महाधिवेशन नगरी पार्टी निर्वाचनमा नजाने बताए । महाधिवेशन नगरी र नयाँ नेतृत्व नछानी पार्टी निर्वाचनमा जान नहुने र नजाने उनले अडान व्यक्त गरे । ‘एक, दुई, तीन महाधिवेशन नगरी, नेतृत्व नयाँ नछानी नेपाली कांग्रेस निर्वाचनमा जाँदैन, जान हुँदैन,’ महामन्त्री थापाले भने ।
पार्टीको सर्वोत्तम हितका ’boutमा सबैभन्दा बढी सभापतिले चिन्ता गर्नुपर्ने बताउँदै महामन्त्री थापाले अधिवेशन गराउनुपर्ने सन्दर्भमा भूमिका निर्वाह गर्न आग्रह गरे । उनले यही बैठकबाट आवश्यक निर्णय हुने र आगामी कदम चालिने बताए । पार्टीको नियमित महाधिवेशनको कार्यतालिका तलमाथि हुने अवस्थामा विशेष महाधिवेशनको विकल्प कायमै रहेको उनले बताए ।
सम्बन्धित समाचार
एमालेले देशलाई गलत दिशामा जान दिँदैनः ओली
काँग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति हो: महामन्त्री थापा
महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधार : प्रमुख साह
कानुनका व्याख्याताबाटै वकिललाई ‘झगडिया अड्डा’को जिम्मा
एमालेमा १७ नेता निर्विरोध निर्वाचित (सूचिसहित)
जेलमुक्त हुने भए रवि, चुनाव लड्न पाउने
कांग्रेस र रास्वपा उम्मेदवार सिफारिसमा, नेकपाले बनायो मापदण्ड, एमाले आन्तरिक गृहकार्यमा
महाधिवेशन समीक्षा भेलालाई गलतरुपले नबुझ्न ईश्वर पोखरेलको आग्रह






