कारागारका भगौडा कैदी पर्सामा पक्राऊ

वीरगन्ज । जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका (भगौडा) कैदी पर्सामा पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद तोकिएका बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ५ का २५ वर्षीय प्रदेशी भन्ने सुदामा पासवान र बाराकै परवानीपुर गाउँपालिका २ का ३२ वर्षीय विवेकलाल साह पर्साबाट पक्राऊ परेका हुन् ।

ज्यान सम्बन्धी कसुरमा २५ वर्ष कैद भुक्तान गरिरहेका प्रदेशी भनिने पासवान केन्द्रीय कारागार काठमाण्डौबाट भागेका थिए । उनी वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिस्वामा लुकिछिपी बसेका रहेछन् । सोही ठाउँबाट पक्राउ परेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राजु कार्कीले बताए ।

भगौडा कैदी साह भने बैंकिङ्ग कसुरमा ५० हजार धरौटी बुझाउन नसकी जेल चलान भएका रहेछन् । उनी वीरगन्जको बिर्तामा लुकिछिपी बसेको बिशेष सूचनाका आधारमा पक्राउ परे । मुद्दा दर्ता नम्बर ०८१ सीबी ०००१ रहेका साह केन्द्रीय कारागार (भद्रगोल) सुन्धारा काठमाण्डौबाट गएको भदौ २४ गते भागेका रहेछन् । उनीपछि पक्राऊ परेको प्रहरी प्रवक्ता कार्कीले बताए ।

कसुरदार पासवान र साह दुवै भगौडालाई पक्राऊ गरी वीरगन्ज कारागारमा बुझाई सम्बन्धित कारागारमा पठाउने समन्वय गरिएको पर्सा प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)

epaper

ताजा समाचार

डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै