चुनाव सर्ने सम्भावना भएकाले बालेनको राजीनामा ‘होल्ड’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफूले बुझाउन लागेको राजीनामा होल्ड गरेका छन् । उनी निकटस्थहरूले आजै राजीनामा दिने तयारी गरेको बताएका थिए । यद्यपि अन्तिम समयमा उनले राजीनामा होल्ड गरेका हुन् ।

उम्मेदवारी दर्ता गरेपछि स्वतः पद खारेज हुने कारण पनि उनले राजीनामा होल्ड गराएका हुन् । मेयर बालेन निकट स्रोतले भन्यो, ‘राजीनामा नदिइ उम्मेदवारी दर्ता गर्ने भनेर भनिहाल्न मिल्दैन ।

जेहोस् अन्तिम समयसम्म होल्ड गर्नुहुन्छ, ‘कांग्रेस अदालत गएको छ, त्यता केही होला, भोलि चुनाव सर्ने वा केही सम्भावना होला । यही अनिश्चितताले गर्दा अहिले राजीनामा होल्ड गरियो ।’

उनी केहीबेरमा रास्वपा कार्यालय घण्टीघर जाँदैछन् । मेयर पदबाट राजीनामा नदिइ उनी घण्टीघर जान लागेका हुन् । झापा–५ बाट चुनाव लड्ने तयारी गरेका बालेन त्यसअघि नै राजीनामा दिने तयारी गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 359 times, 1 visits today)

epaper

ताजा समाचार

साफ यू–१९ महिला च्याम्पियनसिप हुँदै