काठमाडौं । काठमाडौँ महागनरपालिकाका मेयर बालेन्द्र शाहले पदबाट राजीनामा दिएका छन्। आइतबार शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन्। स्थनीय तहका प्रमुखले उपप्रमुखलाई र उपप्रमुखले प्रमुखलाई राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ।
आजैका मितिबाट लागू हुने गरी स्वेच्छाले राजीनामा दिएको बालेनले राजीनामा पत्रमा उल्लेख गरेका छन्। आगामी प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने भएपछि उनले राजीनामा दिएका हुन्।
‘नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम, म काठमाडौँ महानगरपालिकाको नगर प्रमुख पदबाट मिति २०८२/१०/०४ गतेदेखि लागू हुने गरी स्वेच्छाले राजीनामा पेश गर्दछु,’ राजीनामा पत्रमा भनेका छन्।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)







