काठमाडौँ । उम्मेदवार टुंग्याउन नेपाली काँग्रेसको संसदीय बोर्डको बैठक बस्दै छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार तय गर्न केही बेरमा बैठक बस्ने लागेको हो । निवर्तमान सभापति र डा. शेखर कोइराला समूहलाई पनि मिलाएर टिकट वितरणको प्रयास भइरहेको एक नेताले जानकारी दिएका छन्।
काँग्रस संसदीय बोर्डको बैठकले आज बेलुकीसम्म सबै निर्वाचन क्षेत्रमा उमेदवारको टुंगो लगाउने सभापति गगनकुमार थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । सभापति थापाले काँग्रेस उम्मेदवार छनोटको अन्तिम चरणमा रहेको र प्रक्रियागत बाध्यताकाबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको उल्लेख गरेका छन् ।
भोलि सबैजना आ-आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लाग्न सभापति थापाले आग्रह गर्दै निर्वाचन पार्टीको साझा अभियान भएको पुन: स्मरण गराएका छन्। विशेष महाधिवेशनपछि समय चापका कारण पार्टीभित्रको विवादमा रुमल्लिएको काँग्रेसले सकेसम्म सबै पक्षलाई मिलाएर टिकट वितरण गर्ने भन्दै आएको छ।
निवर्तमान सभापति शेरवहादुर देउवा समूहको समेत सहभागितामा काँग्रेस एक ढिक्का भएर निर्वाचनमा जाने पहल भइरहेको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।
स्वागत नेपाल राप्रपामा प्रवेश
स्वागत नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । कानुन व्यवसायी समेत रहेका सोमबार राप्रपा कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमकाबीच पार्टी प्रवेश गरेका हुन् । उनलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा स्वागत गरेका छन् । राप्रपा प्रवेश गरेसँगै नेपालले झापा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने तयारीमा छन् । अघिल्लो चुनावमा पनि उनी झापा-२ मा स्वतन्त्र उम्मेदवार बनेका थिए ।







