काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवार टुङ्ग्याएको छ । सहमहामन्त्री फरमुल्लाह मन्सुरले हिमाली जिल्लामा पार्टीका उम्मेदवारको नाम टुङ्गिएको जानकारी दिए । ‘हिमाली जिल्लाका टुङ्ग्याएका छौँ । केही नाम मिलाउन बाँकी छ,’ सहमहामन्त्री मन्सुरले भने ।
केही मिलाउन बाँकी नाम टुङ्गिएपछि सार्वजनिक गरिने मन्सुरले जानकारी दिए । विशेष महाधिवेशनपछि पार्टीमा देखिएको विवादकाबिच सहमतिमा हिमाली जिल्लामा उम्मेदवार टुङ्ग्याइएको नेताहरूले बताएका छन् ।
अन्य जिल्लामा उम्मेदवार टुङ्ग्याउन नेताहरू वार्तामा रहेको र अपराह्नसम्म टुंगिसक्ने जानकारी उनले दिए ।
तपाइको प्रतिक्रिया
(Visited 185 times, 1 visits today)






