विपद् व्यवस्थापन तालिम शिक्षालयलाई रनिङ अवार्ड

काठमाडौं । यस वर्ष पनि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार केन्द्रीय निरीक्षणमा प्रथम भएको छ ।

२५औं सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा शुक्रबार आयोजित विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक भरत खनियाँलाई ‘रनिङ अवार्ड’ प्रदान गरेका छन् ।

यस वर्ष सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट भएको केन्द्रीय निरीक्षणको क्रममा देशभरका तालिम शिक्षालयमध्ये सो तालिम शिक्षालय प्रथम भएको हो । यसअघि पनि विभिन्न समयमा उत्कृष्ट शिक्षालयले ‘रनिङ अवार्ड’ जितेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 99 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित