काँग्रेसले मात्रै १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको विश्वप्रकाश शर्माको दाबी

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनका सबै १६५ निर्वाचन क्षेत्रमा काँग्रेसले मात्र उम्मेदवारी दिएको दाबी छन् । रामेछापमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले यस्तो बताएका हुन् ।

कुल १६५ निर्वाचन क्षेत्रमध्ये १०६ क्षेत्रमा नयाँ अनुहारलाई उम्मेदवारका रूपमा अघि सारिएको उनले बताए। उनका अनुसार यसले पार्टीभित्र नयाँ नेतृत्व विकास र समावेशी सहभागितालाई प्राथमिकता दिएको छ। पार्टीको संगठनात्मक कार्यक्रमका क्रममा उनले काँग्रेसभित्र संरचनागत सुधार र रूपान्तरणलाई सक्रिय रूपमा अघि बढाइएको बताएका छन्।

उम्मेदवार छनोटका क्रममा पार्टीभित्रका विभिन्न धार र समूहबीच सन्तुलन कायम राखिएको पनि उनले उल्लेख गरेका छन्। यस प्रक्रियाले संगठनात्मक एकता मजबुत बनाउँदै निर्वाचनमा प्रतिस्पर्धी भूमिका निर्वाह गर्ने लक्ष्य राखिएको उनले बताएका छन्।

उनले भने ‘कसैले भदौ २३ को कुरा गर्छन्, कसैले भदौ २४ को मात्रै कुरा गर्दछन् । प्रधानमन्त्रीका उम्मेदवारहरू थुप्रै हुनुहुन्छ । कोही भदौ २३ कोही भदौ २४ वाला हुनुहुन्छ । नेपाली काँग्रेस पार्टीको प्रधानमन्त्रीको उम्मेदवार माघ १ वाला हो । सारा विषयलाई डकुमेन्टमा लिएर रियलाइज गरेर क्षमा मागेर, आफूलाई बदलेर पार्टीलाई जबरजस्त ढङ्गले एउटा नयाँ युगमा लिएर गएर फेरि पार्टी भित्रका सबैलाई गाँसेर मैदानमा लिएर जाँदै गरेको काँग्रेस र काँग्रेसको अबको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि हो । सद्भाव, सुशासन र समुन्नत । अहिले समाजलाई सद्भाव सबैभन्दा बढी चाहिएको छ । हामी कसले जिताउँला आफ्नो ठाउँमा छ । जित्ने हार्ने चलिरहन्छ ।’

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

epaper

ताजा समाचार

साफ यू–१९ महिला च्याम्पियनसिप हुँदै