मुम्बई । शाहरुख खानका छोरा आर्यन खान लागू औषधको लतबाट निक्लिएर चलचित्र निर्देशक तथा अभिनयमा सक्रिय भएका छन् । उनी विरुद्ध अदालतमा हालिएको एउटा मुद्दा बुधवार खारेज भएको छ । जसका कारण यो मुद्दाबाट आर्यनसँगै खान परिवारले अहिले राहत पाएका छन् ।
आर्यन खानले निर्देशन गरेको वेभ सिरिज ‘ब्याड्स अफ बलिउड’ रिलिज भएपछि यसले निकै चर्चा पायो । बलिउडका तन्नेरी पुस्ता कसरी बिग्रिँदै छन् भन्ने ’bout आफूले भोगेको र देखेका घटनालाई वेभ सिरिजमा आर्यनले उतारेका थिए । तर, उनको त्यो वेभ सिरिजले समाजमा नयाँ पुस्तालाई धुमपान, लागू औषध र खुला यौन सम्बन्ध’bout प्रेरित गरेको भन्दै समीर वानखेडेले आर्यन खान र यो वेभ सिरिजको निर्माण कम्पनी रेड चिलीज इन्टरटेनमेन्ट विरुद्ध मानहानि मुद्दा दायर गरेका थिए ।
बुधवार दिल्ली उच्च अदालतले पूर्व एनसीबी अधिकारी समीर वानखेडेको सो मुद्दालाई पूर्ण रूपमा खारेज गरेको छ । मुद्दामा समीरले आर्यन खानलाई नयाँ पुस्ताको छवि बिगार्न खोजेको आरोप लगाएका थिए । यसै कारणले गर्दा, वानखेडेले आर्यन खान विरुद्ध २ करोड रुपैयाँ जरिवानाको दाबी समेत सो मुद्दामा गरेका थिए । उनले त्यो २ करोड रुपैयाँ बिरामीहरूको उपचारको लागि क्यान्सर अस्पताललाई दान गर्ने उल्लेख गरेका थिए ।
आर्यनले आफूलाई कसरी लागू औषधको लतमा पारियो भन्ने कथा यो वेभ सिरिजमा उठाएपछि उनको कामबाट धेरै प्रभावित भए । अहिले पनि सबैले आर्यन खानको प्रशंसा गरिरहेका छन् । आर्यनसँगै लागू औषध प्रकरणमा पक्राउ परेका धेरैलाई यो चलचित्र राम्रो लागेको थिएन । आफूहरूको पोल खोलिएकोमा लागू औषधका तस्करीहरू चिढिएका थिए ।
दिल्ली उच्च अदालतले यो मुद्दा आफ्नो क्षेत्राधिकार भित्र नपर्ने बताएको छ । अदालतले विवादमा संलग्न पक्षहरू दिल्लीसँग प्रत्यक्ष रूपमा जोडिएका छैनन् भनेर फैसलामा उल्लेख गरेको छ । यसै आधारमा, अदालतले मुद्दा सुनुवाइको लागि उपयुक्त नभएको भन्दै मुद्दा नै खारेज गरेको छ । साथै, अदालतले समीर वानखेडेलाई अर्को सक्षम अदालतमा जाने स्वतन्त्रता प्रदान पनि दिएको छ ।






