सुदूरपश्चिम । आसन्न निर्वाचनलाई लक्षित गरेर भारतसँग सीमा जोडिएको कैलाली जिल्लाका सीमानाकामा यही फागुन १८ गतेदेखि मतदान सम्पन्न नहुञ्जेलसम्म सवारीसाधन सञ्चालनमा निषेध गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले आज जारी गरेको सूचनामा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएका कैलाली जिल्लाका सम्पूर्ण सीमानाकामा यही फागुन १८ गते सोमबार राति १२ः०० बजेदेखि फागुन २१ गते मतदान सम्पन्न नहुञ्जेलसम्म एम्बुलेन्स, ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शबवाहन, अस्पताल सेवा तथा विद्युत् सेवाजस्ता अत्यावश्यक र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगको सावारीसाधनबाहेक अन्य सवारीसाधन सञ्चालन निषेध गरिएको उल्लेख छ ।
तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)






