चुनावी घोषणापत्रमा ट्रेड युनियन खारेजीको प्रस्तावप्रति चिन्ता व्यक्त

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, राष्ट्रिय समितिले आसन्न निर्वाचनका सन्दर्भमा जारी कतिपय दलको वाचापत्र (घोषणापत्र)मा ट्रेड युनियन खारेजी गर्ने प्रस्तावप्रति चिन्ता व्यक्त गरेको छ ।

नेपालको संविधानको धारा ३४ ले प्रत्येक श्रमिकलाई ट्रेड युनियन खोल्ने, त्यसमा आबद्ध हुने तथा सामूहिक सौदाबाजी गर्ने मौलिक अधिकार प्रदान गरेको उल्लेख गर्दै सो सङ्गठनका अध्यक्ष हंशबहादुर शाहीले आज प्रेस विज्ञप्ति जारी गरेर ट्रेड युनियनहरू स्वतन्त्र, पेसागत र गैर–दलीय प्रकृतिका संस्थाहरू भएको बताए ।

नेपालले अनुमोदन गरेको अन्तरराष्ट्रिय श्रम सङ्गठनको अभिसन्धिले श्रमिकहरूलाई सङ्गठन स्थापना गर्ने र सामूहिक सौदाबाजी गर्ने अधिकारको संरक्षण गर्न राज्यलाई बाध्यकारी बनाएको स्मरण गराउँदै उनले ट्रेड युनियन खारेजी वा त्यसको स्वतन्त्रतामाथि अङ्कुश लगाउने परिकल्पना गर्ने कुनै पनि राजनीतिक दल प्रजातान्त्रिक हुनै नसक्ने बताए ।

“यो नेपालको संविधान, कानुन तथा नेपालले अनुमोदन गरेका अन्तरराष्ट्रिय महासन्धिविपरीतको कार्य समेत हो । यो परिकल्पना गर्ने दलको राजनैतिक चरित्र लोकतान्त्रिक हो भनी मान्न सकिँदैन”, विज्ञप्तिमा भनिएको छ, “ट्रेड युनियन खोल्ने र सामूहिक सौदाबाजी गर्ने अधिकार संविधानद्वारा प्रदत्त मौलिक अधिकार हो । यसमाथि नियन्त्रण, गरी खारेजी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको गतिविधि लोकतान्त्रिक मूल्य–मान्यता, संवैधानिक व्यवस्था तथा अन्तरराष्ट्रिय श्रम मापदण्डविरुद्धका कदम हुन् ।”

तपाइको प्रतिक्रिया
(Visited 130 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण बुधबार