हिरापानीमा सवारी दुर्घटना, स्कुटर चालकको मृत्यु

सिन्धुली । कमलामाई नगरपालिका–४ हिरापानीमा बस र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्यप्रकाश सुवेदीका अनुसार काठमाडौंबाट सिन्धुलीको मरिणतर्फ जाँदै गरेको बा.४.ख ३८९४ नम्बरको बस र सिन्धुलीमाढीबाट चियावारीतर्फ जाँदै गरेको ज.१०.प.९२३ नम्बरको स्कुटर आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालकलाई उपचारका लागि सिन्धुली अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । मृत्यु हुनेमा कमलामाई नगरपालिका – ६ धुराबजार बस्ने वर्ष ३५ को चन्द्र श्रेष्ठ रहेको डीएसपी सुवेदीले जानकारी दिए ।

दुर्घटनापछि बस चालक हरिहरपुरगढी गाउँपालिका–५ निवासी ४१ वर्षीय राजकुमार माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बस समेत नियन्त्रणमा राखी घटना’bout थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)

epaper

ताजा समाचार

विश्वकप फुटबलः फ्रान्स र नर्वे अन्तिम १६ मा