बाँके । बाँकेको राप्तीसोनारी – २ स्थित पूर्वपश्चिम राजमार्गको मुगुवा खोला नजिक गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य २१ जना पनि घाइते भएका छन् ।
भारतबाट नेपाल फर्किएका मजदुरहरुलाई लिएर नेपालगन्जबाट सल्यान जाँदै गरेको ना ५ छ ५९९५ को फोर्स गाडी राती १२ बजेतिर रोकिराखिएको ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको हो ।
दुर्घटनामा ११ जनाको मृत्यु भएको र २१ जना घाइते भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले जानकारी दिए । घाइते सबैको भेरी अस्पतालमा उपचार भइरहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 207 times, 1 visits today)






