काठमाडौं । लामो समयदेखि चलचित्र अभिनयमा रहेका हास्यब्यंग्य अभिनेता विल्सन विक्रम राईले आफ्नो लेखन तथा निर्देशन हास्य टेली सृंखला ‘फुर्के नम्बर १’ सुरु गरेका छन् । लामो समयपछि यसलाई पुन निर्माण सुरु गरेका उनले बताए ।
यो प्रत्येक मंगलवार ‘तक्मे बुढा डटकम’बाट रिलिज हुने भएको छ । विल्सनसँगै यसमा कविता आले, बुद्धि तामाङ, रबिन्द्र झा, रजनी गुरुङ, उदय सुब्बालगायतको अभिनय रहने छ । यसको प्राविधिक टोलीमा छायांकन तर्फ विक्रम डिसी र सम्पादन तर्फ रविन्द्र खड्का छन् ।
यस हप्ताबाट प्रदर्शन हुने नयाँ एपिसोड विगतको भन्दा थप परिष्कृत र मनोरञ्जनात्मक हुने निर्माण पक्षले जनाएको छ । यस एपिसोडमा नेपाल र भारतका लोकप्रिय रैथाने कमेडियनहरूलाई एउटै पर्दामा समेटिएको छ ।
दार्जिलिङबाट चर्चा कमाएका ‘राइजिङ ब्वाइज’का अमित सुब्बा (भक्क्ते) र स्टार सपन कन्टेन्ट क्रिएटर सपन सुब्बाको टोली (सुकरानी सुब्बा र ब्रेजा चाम्लिङ) पनि यस सृंखलामा छन् । सिक्किमका क्यारिकेचर कलाकार सुरज र भ्लगर प्रविन गुरुङको समेत यसमा अभिनय रहनेछ ।
सम्बन्धित समाचार
चलचित्र ‘आँखा’लाई ‘निर्देशन–क्राफ्ट’मा ‘गोल्ड अवार्ड’
महिला आयोग पुगेर नोराले पनि मागिन माफी
सामाजिक सञ्जालमा गाली आएपछि साइबर ब्युरो पुगे रामकृष्ण
महंगियो चलचित्र सम्बन्धी संघ संस्थाका उम्मेदवारी दस्तुर
चलचित्र ‘आइ एम जीत बहादुर’ शीर्ष गीत सार्वजनिक
कलाकार फेरबदलका कारण ३९ दिनमा सकियो ‘जलाकी’
‘मालती मंगले’ र ‘गुरुआमा’ चालेनन्, ‘लालीबजार’ नाफातिर
निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान






