काठमाडौं । मितेरी साइनो र संस्कृतिलाई झल्काउने मनोरञ्जनात्मक चलचित्र ‘मित्रज्यू’ यही माघ ८ गतेदेखि दर्शकमाझ आउने भएको छ । अभिनेता सौगात मल्ल र दयाहाङ राई अभिनित सो चलचित्रले विशेषगरी नेपालको ग्रामीण परिवेश, रहनसहन र संस्कृतिलाई कलात्मक ढङ्गबाट समेट्न प्रयास गरेको निर्माता पक्षको भनाइ छ ।
सो चलचित्र प्रदर्शन हुनुअघि आज यहाँ सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अभिनेता राईले नेपालको सामाजिक परिवेश र संस्कृतिलाई झल्काउँदै मनोरञ्जन दिन चलचित्र ‘मितज्यू’ सफल हुने विश्वास व्यक्त गरे ।
उनले भने, “यो चलचित्र हाम्रो मित लगाउने संस्कृतिलाई लिएर सामाजिक कथामा तयार गरिएको हो । यसले मनोरञ्जनसँगै हाम्रो संस्कृतिलाई बुझ्ने मौका दिन्छ । नेपालमा विभिन्न संस्कृति छन्, नयाँ पुस्तामा ती संस्कृति विस्तारै कम भएको पाइन्छ, चलचित्रका माध्यमबाट हाम्रा सामाजिक मूल्यमान्यता र संस्कृतिलाई पुस्तान्तरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।”
यसैगरी अभिनेता मल्लले ग्रामीण परिवेशमा मितको सम्बन्ध विशेष रहेको चर्चा गर्दै चलचित्र ‘मितज्यू’ मा भने दुई मितबीचको झगडा र त्यसको परिणामलाई रोचक ढङ्गले प्रस्तुत गरिएको जानकारी दिए ।
“यो चलचित्र फरक छ, हाम्रो मितेरी साइनोको पृष्ठभूमिमा एउटा राम्रो कथा भनिएको छ । हामीले गर्ने कामले मनोरन्जनसँगै थोरै सामाजिक दायित्व निर्वाह गरोस् भन्ने छ, यो चलचित्रमा ती दुवै पक्ष समेटिएका छन्”, अभिनेता मल्लले भने ।
जनक घर्तीमगरले निर्माण गरेको चलचित्रलाई अनिल बुढामगरले निर्देशन गरेका छन् । नेपाली गाउँको संस्कार, संस्कृति, रहनसहन र मित्रताको कथामा आधारित रहेर चलचित्र तयार गरिएको निर्देशक मगरले जानकारी दिए ।
चलचित्रमा अभिनेताद्वय राई र मल्लसँगै अभिनेत्री तेरिया फौजा मगर, खड्गबहादुर पुनमगर, शिशिर वाङ्देल, पुष्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा र स्मिता लामिछाने लगायतका कलाकारको अभिनय रहेको छ ।
सम्बन्धित समाचार
एकसाथ जुधे तीन नेपाली चलचित्र
पोखरामा जिफानले सिकायो अभिनय
मह काढ्ने परम्परालाई जीवन्त राख्न पुस्ता हस्तान्तरण
‘चिरञ्जीवी भव’बाट जोडिए ‘काकु’ र ‘जिग्री’
मुख्यमन्त्री विजयले प्रेमिकाको चलचित्रलाई खोले बिहानी सो
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत सार्वजनिक
१७५ भन्दा बढी साहित्यकार, लेखक तथा पत्रकारहरूको सहभागितामा कोलोराडोमा हुँदैछ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
शव श्रद्धाञ्जलीलाई सम्मानित बनाउँदै सविन श्रेष्ठ






