सङ्खुवासभाको मकालुमा पहिरोले २ सय बढी भेडा बगायो

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–५ माङ्सिमा स्थित फोक्टेमा बाढी पहिरोले भेडी गोठ पुरिएको छ । मकालु गाउँपालिका–५ माङ्सिमाको फोक्टेमा अविरल वर्षासँगै आएको बाढी पहिरोले दुई सय बढी भेडा बेपत्ता भएका छन् ।

शनिबार बिहान आएको बाढी पहिरोले मकालु –५ का स्थानीय दलबहादुर गुरुङको भेडीगोठ बगाउँदा दुई सय १८ वटा भेडा पुरिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले बताए ।

अविरल वर्षापछि फोक्टे क्षेत्रमा अचानक बाढी र पहिरो आएको हो । बाढीले स्थानीय दलबहादुरका दुई सय ५० वटा भेडा मध्ये दुई सय १८ भेडा पहिरोमा पुरिएर बेपत्ता भएका हुन् । पहिरोमा पुरिएका ३२ वटा भेडा मात्रै जीवित अवस्थामा फेला परेका छन् । बाढीमा परेर भेडा गोठालाको काम गर्दै आएका स्थानीय २० वर्षीय झलक गुरुङ घाइते भएका छन् ।

उनको हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । अर्का गोठाला ३० वर्षीय कमल गुरुङ भने सकुशल रहेका छन् । घटनास्थल दुर्गम क्षेत्रमा पर्ने भएकाले उद्दार तथा खोजी कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

घटनास्थल नुम प्रहरी चौकी बाट करिब ४० किलोमिटर टाढा र करिब १० घण्टा पैदल दुरीमा पर्दछ । घटनापछि नुम प्रहरी चौकीबाट प्रहरी टोली, स्थानीयवासी उद्दार तथा खोजी कार्यका लागि घटनास्थलतर्फ गएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)

epaper

ताजा समाचार

इजिप्टको आत्मघाती गोल उपहार पाएपछि हारबाट जोगियो बेल्जियम