काठमाडौं । केही महिना अघि सम्पन्न ‘मेरो डान्स युनिभर्स २’की विजेता रिस्ता गुरुङ पनि चलचित्रमा नायिकाको रूपमा आउँदै छिन् । चन्द्र पन्तको निर्देशनमा बनिरहेको चलचित्र ‘आ बाट आमा २’मा रिस्ता नायिकाको रूपमा अनुबन्धित भएकी हुन् ।
अर्को साताबाट छायांकन सुरु हुने यो चलचित्रमा पल शाह, आकाश श्रेष्ठ, बिपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित बिस्ट, नरेन खड्का मुख्य भूमिकामा छन्। आगामी दसैँमा रिलिज हुने यो चलचित्र ‘आ बाट आमा’को सफलतापछि प्रिक्वेलको रूपमा निर्माण गरिँदै छ ।
यो चलचित्र चन्द्र पन्तको निर्देशन तथा निर्माणमा तयार हुँदैछ । आइतबार अनुबन्ध भएकी रिस्तालाई निर्माण टिमले पत्रकार सम्मेलन गर्दै अनुबन्ध गरेको हो। अनुबन्ध भएपछि अभिनेत्री गुरुङले राम्रो टिमसँग काम गर्न पाउँदा खुशी लागेको बताइन् ।
‘यस्तो राम्रो टिमसँग काम गर्न पाउँदा खुशी लागेको छ,’उनले भनिन्,‘पल शाह या आकाश श्रेष्ठको जोडीमा भन्दा पनि यो टिममा काम गर्न पाउनु नै एकदम भाग्यमानी ठान्छु आफुलाई र सबैसँग काम गर्न पाउँदा साह्रै खुसी छु ।’
सम्बन्धित समाचार
महंगियो चलचित्र सम्बन्धी संघ संस्थाका उम्मेदवारी दस्तुर
चलचित्र ‘आइ एम जीत बहादुर’ शीर्ष गीत सार्वजनिक
७९ औँ कान्स फेस्टिभल सुरु, पिटरलाई ‘पाल्मे डी’ओर’ पुरस्कार
मुख्यमन्त्री विजयले प्रेमिकाको चलचित्रलाई खोले बिहानी सो
कलाकार फेरबदलका कारण ३९ दिनमा सकियो ‘जलाकी’
‘मालती मंगले’ र ‘गुरुआमा’ चालेनन्, ‘लालीबजार’ नाफातिर
निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान
विल्सनको ‘फुर्के नम्बर १’ फेरी सुरु






