न्यायका लागि न्यायालय अगाडी धर्ना

राजविराज । अन्यायमा परेपनि न्याय पाउन नसकेको भन्दै एक जना पीडित अदालतकै अगाडी धर्नामा बसेका छन् ।

सिरहा नगरपालिका २० घर भएका ५८ सूर्यनारायण महतो आफ्नो एक जना नातेदारसहित मंगलबार राजविराजस्थित उच्च अदालत जनकपुर–राजविराज इजलाश अगाडी धर्नामा बसेका हुन् । उनले न्याय नपाएसम्म धर्ना जारि राख्ने अडान राखेका छन् ।

महतोले आफ्नै सहोदर दाजु सत्यानारायणले कीर्ते गरि जग्गा हडपने प्रयास गरेको र आदलतबाट समेत न्याय पाउन नसकेको बताएका छन् । उनले बुबा देवी महतोको नाममा रहेको जग्गा कीर्ते गरि दाजु सत्यनारायणले हडपन खोजेको तथा सो’bout उच्च अदालत जनकपुर–राजविराज इजलाशमा प्रमाणसहित दिएको कीर्ते जालसाज मुद्दा उपर मंगलबार नै सुनुवाइ हुँदा दाबी नपुगेको भनी ठहर गरेपछी आफू अन्यायमा परेको उनको दुखेसो छ ।

उनले लेखापढी व्यवसायमा संलग्न दाजु सत्यनारायण लहानस्थित मालपोत कार्यालयका तत्कालिन प्रमुख दशरथ यादव तथा मोठ÷श्रेस्ता फाँटका कर्मचारी विष्णुकुमार सिंहको मिलोमतोमा २२ कठ जग्गा हडपन लागेको दाबी गरेका छन् ।

उनले बुबाको निधन भएको करिब १५ वर्ष बितिसकेको भएपनि अहिले बुबाकै कीर्ते हस्ताक्षर गरिएको कागजातको आधारमा जग्गा हडपन लागेको बताएका छन् ।

उनले यसअघि पनि दाजु सत्यानारायणले कीर्ते कागजातकै आधारमा करिब २२ कठ जग्गा आफ्नो नाममा रजिष्ट्रशन पास गराइसकेको जानकारी पनि दिए ।

मालपोत कार्यालयमै लेखापढी व्यवसायीको रुपमा काम गर्दै आएका दाजु सत्यनारायणको हाकिमहरुसँग उठबस र पहुँच भएकाले सोको गलत फाइदा उठाइरहेको उनले सुनाए ।

उनले कतैबाट न्याय नपाएपछी न्यायलय गुहार्न पुगेको तर यहाँबाट पनि न्याय पाउन नसकेपछी धर्नामा बसेको सुनाए ।

तपाइको प्रतिक्रिया
(Visited 5 times, 1 visits today)

epaper

ताजा समाचार

प्रेस स्वतन्त्रताको पक्षमा डडेल्धुरामा एउटै स्वर