आश्रममा ‘मेरो आफ्नै संसार’ सार्वजनिक

काठमाडौं । गीतकार शंकर पाण्डे ‘मुक्ति’ले बिहीबार बिहान रानीवनको मानव सेवा आश्रममा त्यहाँ आश्रित जेष्ठ नागरिक तथा असाहायहरुलाई भोजन गराउँदै आफ्नो नयाँ गीत ‘मेरो आफ्नै संसार’ सार्वजनिक गरेका छन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीले यो गीत कार्यक्रममा सार्वजनिक गरे । गीतमा प्रमोद खरेलको स्वर रहेको छ । गीतले जीवन, परिवार, सम्बन्ध र आफ्नोपनको भावलाई संवेदनशील ढंगले प्रस्तुत गरेको छ । सन्तोष श्रेष्ठको संगीत रहेको यो गीत आधुनिक शैलीमा तयार गरिएको छ ।

सार्वजनिक गीतको भिडियो माधवराज खरेलले निर्देशन गरेका हुन् । भिडियोले पारिवारिक सम्बन्ध, संघर्ष र जीवनका विभिन्न आयामलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ । भिडियोमा कलाकारहरू दीपेन्द्र सोनम, समिया कार्की, ज्योत्स्ना घिमिरे, रश्मि भट्ट, वसन्तराज रिजाल लगायतको अभिनय छ । भिडियोको छायांकन अजय रेग्मीले र सम्पादन विनोद बमले गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 16 times, 1 visits today)

epaper

ताजा समाचार

बालिका करणी अभियोगमा बिपिन पक्राउ