रास्वपा डडेल्धुराको सभापतिमा अवस्थी दोहोरिए

क्याप्सनः प्रमाणपत्र बुझेपछि तस्बिर खिचाउदै रास्वपा डडेल्धुरा निर्वाचित कमिटी सभापती अवस्थीसहितका पदाधीकारीहरु । तस्बिरः सम्झना पाण्डेय

डडेल्धुरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डडेल्धुराको प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनले इन्जिनियर सुरेन्द्र अवस्थीलाई पुनः जिल्ला सभापतिमा निर्वाचित गर्दै नेतृत्वको निरन्तरता दिएको हो ।

नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा मदन सिंह धामी, सचिवमा टंकप्रसाद अवस्थी तथा सहसचिवमा बसन्तराज पाण्डेय निर्वाचित भएका छन । त्यसैगरी जिल्ला कार्यसमितिका सदस्यहरूमा मिना फुलारा, देवसिंह भाट, सन्तोष ऐर, चन्द्रदेव कुँवर र जितेन्द्र जैरु चयन भएका छन ।

अधिवेशनले आगामी दिनमा संगठन विस्तार, जनसरोकारका मुद्दामा सक्रिय भूमिका निर्वाह तथा पार्टीको आधार क्षेत्र थप सुदृढ बनाउने प्रतिबद्धता सभापती अवस्थीले गरेका छन ।

डडेल्धुरामा पहिलोपटक सम्पन्न जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएसँगै रास्वपाले जिल्लाभर संगठन विस्तार र राजनीतिक गतिविधि थप प्रभावकारी बनाउने सचिव टंक अवस्थीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 11 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगार व्यवसायी संघमा खत्री निर्वाचित