लिटमस इन्डस्ट्रिजलाई ‘भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ सम्मान

काठमाडौं । लिटमस इन्डस्ट्रिज लिमिटेडलाई नेपाल उद्योग परिसंघ (सिएनआई) को २३औँ वार्षिक साधारण सभामा ‘भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ विद्या अन्र्तगत पुरस्कार प्रदान गरिएको छ । सिएनआईका सदस्य उद्योगहरूमध्ये भारततर्फ सर्वाधिक निर्यात गर्ने उद्योगका रूपमा कम्पनी सम्मानित भएको हो।

नेपालको सबैभन्दा ठूलो तार, केबल तथा कन्डक्टर उत्पादक लिटमस नेपालमा एल्युमिनियम तथा एल्युमिनियम अलोय (एएल) रड उत्पादन गर्ने एकमात्र उद्योग पनि हो। कम्पनीले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र निर्यात विस्तारमार्फत नेपालको औद्योगिक तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

सम्मान ग्रहणपछि कम्पनीका प्रमुख सञ्चालन अधिकृत प्रकाश काफ्लेले यो उपलब्धि सम्पूर्ण लिटमस परिवारको मेहनत र प्रतिबद्धताको परिणाम भएको बताउँदै आगामी दिनमा पनि निर्यात विस्तार, अन्तर्राष्ट्रिय बजारमा उपस्थिति सुदृढीकरण तथा नेपालको औद्योगिक विकासमा योगदान जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।

लिटमस इन्डस्ट्रिजले रोजगारी सिर्जना, आयात प्रतिस्थापन तथा औद्योगिक विकासमा योगदान पुर्‍याउँदै आत्मनिर्भर र प्रतिस्पर्धी नेपालको निर्माणमा सक्रिय भूमिका खेल्दै आएको छ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

लिटमस इन्डस्ट्रिजलाई ‘भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ सम्मान