आजबाट सुरु हुँदै फुटबल महाकुम्भ (नेपाली समयअनुसार खेल तालिकासहित)

काठमाडौं । विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप बिहीबार (आज)देखि सुरु हुँदै छ । उद्घाटन खेल मेक्सिको सिटीमा स्थानीय समयअनुसार दिउँसो १ बजे हुनेछ । मेक्सिको सिटीभन्दा नेपाल १० घण्टा ४५ मिनेट अगाडि भएकाले उद्घाटन खेल आयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच २९ जेठ बिहान १२ः४५ बजे भिडन्ड हुँदैछ । उद्घाटन खे लमे क्सिको सिटीस्थित एस्टाडियो एज्टेका रंगशाला र फाइनल अमेरिकाको न्यूयोर्कस्थित मेटलाइफ रंगशालामा हुनेछ ।

अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने २३औं संस्करणको विश्वकप २८ जेठदेखि आगामी ३ साउनसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका खेल अमेरिकाका ११ सहर, मेक्सिकोका ३ सहर र क्यानडाका २ सहरमा हुनेछन् । सन् २००२ पछि पहिलोपटक दुईभन्दा बढी राष्ट्रले संयुक्तरूपमा विश्वकप आयोजना गर्न लागेका हुन् ।

आयोजकमध्ये मेक्सिको विश्वकप तीनपटक आयोजना गर्ने पहिलो राष्ट्रसमेत बनेको छ । यसअघि, उसले सन् १९७० र १९८६ मा विश्वकप आयोजना गरिसकेको छ । क्यानडाले भने पहिलोपटक विश्वकपको सहआयोजना गर्दै छ भने अमेरिकाले यसअघि सन् १९९४ आयोजना गरेको थियो ।

३२ बाट बढेर ४८ टोली
फिफाले पहिलोपटक विश्वकपमा सहभागी टोली संख्या ३२ बाट ४८ पु¥याएको छ । सन् १९९८ को फ्रान्स विश्वकपदेखि सन् २०२२ को कतार विश्वकपसम्म ३२ टोली सहभागी हुँदै आएका थिए । त्यसअघि सन् १९८२ देखि १९९४ सम्म २४ टोलीले प्रतिस्पर्धा गरेका थिए भने सन् १९३० देखि १९७८ सम्म १६ टोली सहभागी हुन्थे । पहिलो विश्वकप सन् १९३० मा उरुग्वेको मोन्टेभिडियोमा आयोजना भएको थियो ।

त्यसबेला जापान र थाइल्यान्डले नाम फिर्ता लिएपछि तथा इजिप्टले सहभागिता जनाउन नसकेपछि प्रतियोगितामा १३ टोलीमात्र सहभागी भएका थिए । सन् १९३८ को विश्वकपमा अष्ट्रेलियाले नाम फिर्ता लिएपछि १५ टोली सहभागी भएका थिए । त्यस्तै, १९५० को ब्राजिल विश्वकपमा भारत छनोट भएर पनि सहभागी भएन । स्कटल्यान्ड र फ्रान्सले समेत प्रतिस्पर्धा नगरेपछि टोली संख्या घटेको थियो ।

को भित्रिए, को बाहिरिए ?
यसपटक अफ्रिकी राष्ट्र केप भेर्डे, क्यारेबियन राष्ट्र कुराकाओ तथा एसियाली राष्ट्र जोर्डन र उज्वेकिस्तानले पहिलोपटक विश्वकपको फाइनल चरणमा स्थान बनाएका छन् । यता, चारपटकको विश्व विजेता इटाली भने लगातार तेस्रोपटक विश्वकपमा छनोट हुन असफल भयो । युरोपियन छनोटको ‘प्लेअफ फाइनल’मा बोस्निया–हर्जगोभिनासँग पराजित भएपछि इटाली बाहिरिएको हो ।

इटालीसँगै पोल्यान्ड, डेनमार्क, चिली, क्यामरुन र नाइजेरियाजस्ता बलिया टोली पनि यसपटक विश्वकपमा देखिने छैनन् । राजनीतिक तथा आर्थिक संकट झेलिरहेका कंगो र हाइटी ५२ वर्षपछि विश्वकपमा फर्किएका छन् । इराक ४० वर्षपछि विश्वकपमा पुनरागमन गर्दै छ भने बोस्निया–हर्जगोभिना र इरान पनि पुनः विश्वकपमा प्रतिस्पर्धा गर्दै छन् । अष्ट्रिया, नर्वे र स्कटल्यान्डले सन् १९९८ पछि पहिलोपटक विश्वकपको फाइनल चरणमा स्थान बनाएका छन् ।

पहिलोपटक विश्वकप खेल्दै चार राष्ट्र
यसपटक केप भेर्डे, कुराकाओ, जोर्डन र उज्वेकिस्तानले पहिलोपटक विश्वकप खेल्दै इतिहास रचेका छन् । केप भेर्डेले अफ्रिकी छनोटमा क्यामरुनलाई पछि पार्दै विश्वकप यात्रा तय गरेको हो । यस्तै, कुराकाओले जमैका, बर्मुडा र हाइटीलाई पछि पार्दै विश्वकपमा स्थान सुरक्षित गरेको थियो । जोर्डनले छनोट चरणमा ओमानलाई ३–० ले पराजित गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो भने उज्वेकिस्तानले लामो प्रतीक्षापछि पहिलोपटक विश्वकपमा स्थान बनाएको हो ।

इटालीबिनाको विश्वकप
सन् २००६ मा चौथोपटक विश्वकप जितेपछि इटाली सन् २०१० र २०१४ मा समूह चरणबाटै बाहिरिएपछि २०१८, २०२२ र २०२६ मा समेत छनोट हुन सकेन ।

तपाइको प्रतिक्रिया
(Visited 333 times, 1 visits today)

epaper

ताजा समाचार

व्यापारी रामहरि श्रेष्ठको हत्या अभियुक्त गोविन्दबहादुरलाई १० वर्ष कैद सजाय