मोरङबाट सशस्त्र प्रहरीद्वारा ९ सय २२ किलोग्राम गाँजा बरामद

मोरङ । सशस्त्र प्रहरीले मोरङ जिल्लाको जहदा गाउँपालिका–७ स्थित महादेवकोल ईलाकाबाट जेठ २८ गते करीब ९ सय २२ के.जी. गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म सोराभाग र बोर्डर आउट पोष्ट नोचाबाट खटिएको टोलीले जेठ २७ गते राती ११ बजे पाएको विशेष सूचनाको आधारमा उक्त गाँजा बरामद गरेको हो ।

लक्ष्मिनियाबाट तारीगामातर्फ जाँदै गरेको को १ ख ७०२२ नम्बरको वानटन पिकअप गाडीमा धानको भुसको बोराले छोपेर लुकाई छिपाई लैजाँदै गरेको उल्लेखित परिमाणको २९ पोका गाँजा बरामद गरिएको हो । उक्त गाडीलाई स्कटिङ गर्ने बीआर ३८ जेड ७४५२ नम्बरको भारतीय मोटरसाईकल समेत नियन्त्रणमा लिईएको छ । गाडी र मोटरसाईकल चालक भने फरार भएका थिए ।

नियन्त्रणमा लिइएको गाडी, मोटरसाईकल र बरामद गाँजा सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 30 times, 1 visits today)

epaper

ताजा समाचार

हुरीले टीकापुरमा केराखेती नष्ट