काठमाडौं । रास्वपा कोसी प्रदेश सभाको सभापति पदमा निर्वाचन लडेकी गोमा तामाङ (शरिन) ले राजनीतिक संन्यास घोषणा गरेकी छन्। निर्वाचनमा पराजितपछि उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् राजनीतिबाट बिट मारेको घोषणा गरेकी हुन्।
उनी रास्वपा कोसीको निवर्तमान कार्यवाहक सभापति पनि हुन्। स्थापनाकाल देखिनै रास्वपामा आवद्ध तामाङले माथिको ह्विप भन्दै आफूलाई हराएको र सेटिङ प्यानल बनाउन नजानेको उल्लेख गरेकी छन्।
तामाङ रास्वपा उम्मेदवारका रूपमा सुनसरी १ बाट दुईपटक प्रतिनिधिसभा निर्वाचन लडिसकेकी नेतृ हुन् । यद्यपि निर्वाचित भने हुन सकिनन्।
गत फागुनमा भएको निर्वाचनमा ३५ हजार ७४१ मत ल्याएर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई निर्वाचित हुँदा उनले २७ हजार २४९ मत पाएकी थिइन्।
तपाइको प्रतिक्रिया
(Visited 123 times, 1 visits today)






