काठमाडौं । विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रदेश र स्थानीय सरकारलाई आफ्नो पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तनमा विनियोजन गर्न आग्रह गरेका छन् ।
मन्त्रीले पुनले सामाजिक सञ्जालमार्फत विज्ञान तथा नवप्रवर्तनसम्बन्धी अनुदान पाउन आफ्नो पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तनमा विनियोजन गर्नुपर्ने कुरालाई ध्यानमा राखेर बजेट बनाउन प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेका हुन् ।
“देशलाई समृद्ध बनाउन नगरीनहुने महत्वपूर्ण कदम हाम्रो मन्त्रालयले चाल्ने छ’’, उनले भनेका छन्, “देशको विकास तथा अनुसन्धान र नवप्रवर्तन कसरी गर्ने–गराउने भन्ने संस्कार सङ्घीय, प्रदेश र स्थानीय सरकारसहित आम नेपाली जनतालाई सिकाउन निरन्तर लागिरहनेछु ।’’
तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)
सम्बन्धित समाचार
सेवासुविधा बढाउन विद्यालय कर्मचारीको माग
काठमाडौं महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण
लोक सेवा आयोगको ७६औँ स्थापना दिवस भव्य रूपमा मनाइने
एक सातापछि सगरमाथा क्षेत्रमा जीवितै भेटिएका शेर्पालाई काठमाडौं ल्याइयो
शिक्षण अस्पताललाई १ करोड ७० लाख बराबरको प्रविधि तथा उपकरण हस्तान्तरण
गर्मी बढेपछि कोहलपुरका विद्यालय तीन दिन बन्द
जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा






