काठमाडौं । बिबिसी मास्टर सेफ सन्तोष साह ठगी आरोपमा पक्राउ परेका हुन् ।
शकुन्तला अधिकारी थापाले ठगीको कसुरमा प्रहरीमा जाहेरी दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धनुषा प्रहरीसँग समन्वय गरी उनलाई काठमाडौं ल्याएको हो ।
साहसँगै सिराहा कर्जन्हा ९ का ५८ वर्षीय नारायण साह सुडी पनि पक्राउ परेका छन् । उनीहरू दुबैलाई ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
उनीहरुलाई ठगीको कसुरमा अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाउने तयारी गरेको छ ।
सन् २०२० मा बिबिसीको मास्टर सेफ कार्यक्रममा सहभागी भई चर्चामा आएका साह पछिल्लो समय मिथिला थालीलाई ब्राण्डिङ गरिरहेका थिए ।
सिराहाको कर्जन्हा नगरपालिका ११ का ४१ वर्षीय साहले जनकपुर र काठमाडौंमा पनि मिथिला थाली नामक रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् ।
सम्बन्धित समाचार
राप्रपा महामन्त्री धवल शमशेर राणाले छाडे पार्टी
ठुलो मात्रामा नगद र सुनसहित वीरेन्द्रनगरबाट एक जना पक्राउ
एक सातापछि सगरमाथा क्षेत्रमा जीवितै भेटिएका शेर्पालाई काठमाडौं ल्याइयो
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
‘नेपाली ब्रो’द्वारा श्रीमती हत्या प्रकरणमा थप तीन जना पक्राउ
प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित
गर्मी बढेपछि कोहलपुरका विद्यालय तीन दिन बन्द
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक






