जन्तेढुङ्गा गाउँपालिकाद्वारा कर्मचारी र विद्यार्थी पुरस्कृत

खोटाङ । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले वर्षका उत्कृष्ट तीन कर्मचारी र पाँच विद्यार्थीलाई नगदसहित पुरस्कृत गरेको छ । हिजो शनिबार आयोजित तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ तथा पुरस्कार वितरण कार्यक्रमका अबशरमा वर्ष उत्कृष्ट कर्मचारीका रूपमा पुरुष कर्मचारीतर्फ गाउँपालिका कार्यालय चिसापानीमा कार्यरत अधिकृत छैटौँ भीम मगर, महिला कर्मचारीतर्फ वडा कार्यालय बोपुङमा कार्यरत वडासचिव जिना राई र कार्यालय सहयोगीतर्फ गाउँपालिका कार्यालयमा कार्यरत दिनेश विष्ट पुरस्कृत भएका छन् ।

पुरस्कृत तीनैजनालाई जनही दश हजार नगद र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत विनय निरौलाले जानकारी दिए । एसईईतर्फ सिंहदेवी माध्यमिक विद्यालय बोपुङकी दीपशिखा राई (३.५१ जिपिए) र सोही विद्यालयका सुनिल कटवाल (३.३२ जिपिए) पुरस्कृत भएका छन् । जिल्लास्तरीय परीक्षा (डिएलई)तर्फ सर्वोच्च ३.६२ जिपिए ल्याएर उत्तीर्ण गर्ने सिंहदेवी माध्यमिक विद्यालयकी ग्रिष्मा राई र ३.६ जिपिए ल्याउने सोही विद्यालयका अविनाश राई तथा चिसापानी नमूना माध्यमिक विद्यालयका संयोग पोखरेल (समान ३.६ जिपिए) पुरस्कृत भएका छन् ।

पाँचैजना विद्यार्थीलाई जनही रु दश हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ । गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दिक्षा’, उपप्रमुख खेमबहादुर खड्का र प्रमुख प्रशासकीय अधिकृत सुमन गुराइँले पुरस्कृत सबैलाई नगद तथा प्रमाणपत्र वितरण गरेका छन् । कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरूले आ–आफ्नो शाखाको प्रगति विवरण तथा बजेट प्रस्तुत गरेका थिए ।

भौतिक प्रगति ७५ प्रतिशत र आर्थिक प्रगति ६४ प्रतिशत सम्पन्न भएको जनाइएको छ । भ्यूज अफ नेपाल मिडिया प्रा.लि.ले सहजीकरण गरेको सार्वजनिक सुनुवाइमा सहभागी वक्ताहरूले गाउँपालिकाको सेवा प्रवाह सन्तोषजनक रहेको बताएका छन् । कार्यक्रममा वडा नम्बर–२ बोपुङका पूर्ववडाध्यक्ष गणेश विष्ट र वडा नम्बर–६ दिप्लुङस्थित पुमा सामुदायिक होमस्टेका सचिव दीपक राईले जिज्ञासा राख्दै गाउँपालिकाको कामकारबाही’bout प्रश्न उठाएका थिए । कार्यक्रममा राजनीतिक दल, शिक्षक, विद्यार्थी र सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 15 times, 1 visits today)

epaper

ताजा समाचार

परराष्ट्र मन्त्री खनाल चीन प्रस्थान