काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपालका नगरपालिकामा खानेपानी र सरसफाइ सुधारका लागि ११ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ ।
एडीबीले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाबाट १३ जिल्लाका आठलाख ५० हजारभन्दा धेरै नागरिक लाभान्वित हुने जनाएको छ ।
एडीबीका अनुसार उक्त परियोजनाले खानेपानीको पहुँच विस्तार र ढल तथा फोहरपानी व्यवस्थापनमा भूमिका खेल्ने बताइएको छ ।
“नेपालमा तीव्र सहरीकरणका कारणले सहरी क्षेत्रमा अत्यधिक चाप बढ्दै गइरहेका छन् । जसले गर्दा धेरेजसो समुदायमा खानेपानी र आधारभूत स्वास्थ्य सुविधाबाट बञ्चित भइरहेका छन्”, एडीबी नेपालका ‘कन्ट्री डाइरेक्टर’ आर्नो कोश्वाले भने, “यो परियोजना सञ्चालनमा आएपछि खानेपानी र सरसफाइमा थप पहुँच अभिवृद्धि गर्ने आशा राखेका छौँ ।”
तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)
सम्बन्धित समाचार
नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो
विद्युतीय गाडीमा सूचना चुहावट गरेको प्रमाण दिन अर्थमन्त्रीको चुनौती
कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी
अर्थमन्त्रीले संसद्लाई धम्क्याए : पूर्वअर्थमन्त्री पुन
वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो
युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले
राष्ट्र बैङ्कको अध्ययनः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव
एक क्लिकमा भारतबाट नेपाल पैसा पठाउन सकिने, कसरी ?







