काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिम रहेको जिल्लामा दादुराविरुद्धको खोप अभियान सञ्चालन गरेको छ ।
स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले दादुरा देखिएका नौ जिल्लामा ‘दादुरा महामारी प्रतिकार्य खोप अभियान’ सञ्चालन गरिरहेको हो ।
जाजरकोट, सुर्खेत, कालिकोट, महोत्तरी, बागलुङ र सिराहा ‘दादुरा महामारी प्रतिकार्य खोप अभियान’ सञ्चालन गरिरहेको उनले बताए । उक्त अभियान यही हप्तासम्म सञ्चालन हुनेछ ।
त्यस्तै सर्लाहीमा यसअघि खोप अभियान सञ्चालन गरिसकिएको छ भने अछाम र दैलेखमा दुई जनामा मात्र दादुरा देखिएकाले तत्काल खोप अभियान सञ्चालन गर्नु नपरेको खोप शाखा प्रमुख डा गौतमले बताए ।
दादुराको उच्च जोखिम रहेका छ महिनादेखि १५ वर्षसम्म उमेर समूहका बालबालिकामा खोप अभियान सञ्चालन गरिएको शाखा प्रमुख डा गौतमले बताए ।
बागलुङ छ महिनादेखि २० वर्षसम्म उमेर समूह र जाजरकोटमा छ महिनादेखि २४ वर्षसम्म उमेर समूहलाई खोप दिइएको उनले जानकारी दिए । यी दुई जिल्लामा १५ वर्षभन्दा माथिकामा पनि दादुरा देखिएकाले २४ वर्ष उमेर समूहलाई खोप दिइएको उनले बताए ।
ुदादुरा अत्यन्तै संक्रामक रोग हो । एक जना संक्रमित व्यक्तिले १८ जनासम्मलाई संक्रमण सार्न सक्दछ । त्यसैले संक्रमण फैलिएको क्षेत्रमा द्रुत रूपमा खोप अभियान सञ्चालन गरी बालबालिका तथा समुदायलाई सुरक्षित बनाउने प्रयास भइरहेको छु, खोप शाखा प्रमुख डा गौतमले भने ।
सम्बन्धित समाचार
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया
विश्व ‘ब्रेन ट्युमर’ दिवसः नेपालमा बिरामी बढ्दै
चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप
पुँजीगत खर्चको एक प्रतिशत नवप्रवर्तनमा विनियोजन गर्न मन्त्री पुनको आग्रह
जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि
सुनौलो इतिहास रहेको कन्या मन्दिरप्रति छात्राको आकर्षण







