लमजुङ । लमजुङको मस्र्याङदी गाउँपालिकाले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा गाउँपालिकाबासीलाई ५० युनिटसम्म निःशुल्क विद्युत् दिने प्रतिवद्धता जनाएको छ । ‘जलविद्युतको आम्दानी, उज्यालो मस्र्याङ्दीमा लगानी’ कार्यक्रमअन्तर्गत उपभोक्ताले मासिक ५० युनिटसम्मको विद्युत् महसुल निःशुल्क पाउने व्यवस्था अख्तियार गरिने २१औँ गाउँसभामा पेश भएको हो ।
‘समृद्ध, आधुनिक र हराभरा मस्र्याङ्दी गाउँपालिकाको आधार ः कला–संस्कृतिको संरक्षण, कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार’
नारा र अभियानमा जुटि रहेको मस्र्याङ्दी गाउँपालिकाको आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम तथा बजेट त्यस्तो प्रस्ताव गरेको हो । यो योजनाबाट गाउँपालिकाका करिब ४ हजार ४ सय घरधुरी प्रत्यक्ष लाभान्वित हुने भएका छन् । त्यसका लागि गाउँपालिकाले ५५ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । उनका अनुसार गाउँपालिकाले जलविद्युत् आम्दानीलाई स्थानीय जनताको हितमा उपयोग गर्दै हाइड्रोमैत्री गाउँपालिका घोषणा गर्ने प्रक्रिया अघि बढाउने नीति लिएको छ ।
उनले भने, ‘अब ५० युनिटसम्मको विद्युत् उपभोगको महसुल गाउँपालिकाले व्यहोर्नेछ ।’ गाउँपालिकाका ९ वटै वडाका करिब ४ हजार ४ सय घरधुरी यस योजनाबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । यस कार्यक्रम कार्यान्वयनका लागि करिब ५५ लाख रुपैयाँ बजेट प्रस्ताव गर्ने तयारी गरिएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा विद्युत् रोयल्टीबाट करिब ४ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरेको जानकारी दिदै अध्यक्ष गुरुङले भने ‘सोही आम्दानीलाई स्थानीय जनताको हितमा उपयोग गर्दै जलविद्युत्को प्रतिफल नागरिकसम्म पु¥याउने उद्देश्यले कार्यक्रम ल्याइएको हो ।’ उनका अनुसार ‘पानी ऊर्जामा लगानी’ अभियानलाई अभियानकै रुपमा अघि बढाउँदै मस्र्याङ्दीलाई हाइड्रोमैत्री गाउँपालिका घोषणा गर्ने प्रक्रिया अगाडि बढाइने भएको छ । गाउँपालिकाभित्र निर्माणाधीन जलविद्युत् आयोजनालाई समयमै सम्पन्न गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने तथा जलविद्युत् कम्पनीहरूको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतका कार्यक्रम गाउँपालिकाको समन्वयमा पारदर्शी रुपमा सञ्चालन गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रममा प्रस्ताव गरिएको छ ।
नीति तथा कार्यक्रममा साना जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन गरी सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा सञ्चालन गर्न आवश्यक ऐन, नियमावली र कार्यविधि तर्जुमा गरिने प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले बताए । उनका अनुसार संघ र प्रदेश सरकारसँग समन्वय गरी होमस्टे सञ्चालन भएका बस्ती तथा बजार क्षेत्रमा सौर्य बत्ती जडान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
मस्र्याङ्दी गाउँपालिकाभित्र ८ वटा जलविद्युत् आयोजना सञ्चालनमा छन् । माथिल्लो मस्र्याङ्दी ‘ए’को क्षमता ५० मेगावाट रहेको छ । त्यस्तै न्यादी जलविद्युत् आयोजनाको ३० मेगावाट क्षमता छ ती सबैबाट पालिकाभित्र करिब १ सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ । नर्माणाधीन अवस्थामा ङादीखोलामा यसका अतिरिक्त कुल २ सय ५० मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजनाहरूका साथै बेसीसहर नगरपालिकासँग जोडिने गरी ५० मेगावाटको मस्र्याङ्दी बेसी जलविद्युत आयोजना रहेका छन् । यसप्रकार उत्पादन बढेसँगै गाउँपालिकाको रोयल्टी आम्दानी पनि बढ्ने गाउँपालिकाको आंकलन छ ।
सम्बन्धित समाचार
पोखरा बसपार्कमा डोजर चल्ने तयारीबीच अदालतको आदेश
पोखरामा सुकुमवासी परिवारको जीवन बिमा
बागलुङ नगरपालिकाले भन्यो : १५ दिनभित्र संरचना हटाऊ
अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला
‘मालिका रेन्बो ट्राउट फार्म’मा चहल पहल
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति
खाली घरटहरामा महानगरले चलायो डोजर






