काठमाडौँ। फिफा विश्वकप २०२६ मा दुई पटकको विश्वविजेता उरुग्वे नवप्रवेशी टोली केप भर्डेसँग बराबरीमा रोकिएको छ । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा भएको खेलमा उरुग्वे केप भर्डेसँग २-२ को बराबरीमा सकिएको हो । केप भर्डेले यसअघि स्पेनसँग बराबरी खेलेको थियो ।
दुवै टोलीले आफूले लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन पुगे । केप भर्डेले उरुग्वेविरुद्ध सुरुवाती अग्रता लिएको थियो ।
२१औं मिनेटमा केभिन पिनाले फ्रिकिकमार्फत गोल गर्दै केप भर्डेलाई ऐतिहासिक अग्रता दिलाएका थिए । त्यसपछि ४४औं मिनेटमा म्याक्सी अराजोले उरुग्वेका लागि बराबरी गोल फर्काए ।
पहिलो हाफको इन्जुरी समयमा अगस्टिनले गोल गर्दै उरुग्वेलाई अग्रतामा पुर्याएका थिए । ६१औं मिनेटमा उरुग्वेका डिफेन्डर र गोलकिपरको तालमेल नमिल्दा केप भर्डेका हेलियो भारेला गोल गर्दै बराबरी गोल फर्काए ।
त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन । बल पोजिसनमा केप भर्डेभन्दा करिब दोब्बर समय रहेपनि उरुग्वेले गोल भने गर्न सकेन । उरुग्वेले सर्ट पनि केप भर्डेभन्दा धेरै प्रहार गर्यो ।
यो नतिजासँगै समूह ‘एच’ मा उरुग्वे र केप भर्डेले २ खेलबाट समान २ अंक जोडेका छन् । उक्त समूहमा २ खेलबाट ४ अंक जोड्दै स्पेन शीर्ष स्थानमा छ । साउदी अरेबियाले एक अंक जोडेको छ ।
सम्बन्धित समाचार
हुम्लाका विद्यालयलाई फुटबल सहयोग
अल्जेरियाविरुद्धको खेल मेसीका लागि विशेष
दमकमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता जारी
विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी
कतारको पोस्टमा क्यानडाको ६ गोल
क्यानडाको ऐतिहासिक रात, मेक्सिको ‘अन्तिम ३२’मा
जर्मनी र आइभरी कोस्ट शीर्ष स्थानका लागि भिड्दै
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको प्रभावशाली जीत






