फिफा विश्वकप खेलेको ९२ बर्षपछि इजिप्टको पहिलो जीत

काठमाडौं । इजिप्टले उत्कृष्ट कमब्याक गर्दै न्युजिल्यान्डमाथि ३-१ को शानदार जित दर्ता गरेको छ । फिफा विश्वकपमा सामेल भएको ९२ बर्षपछि इजिप्टले उत्कृष्ट कमब्याक गर्दै न्युजिल्यान्डमाथि ३–१ को शानदार जित दर्ता गरेको हो ।

क्यानाडाको भ्यानकुभरस्थित बिसि प्लेस रंगशालामा भएको खेलको पहिलो हाफमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै इजिप्टले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै जीत हासिल गरेको हो ।

खासमा यो जीत इजिप्टका लागि ऐतिहासिक यसकारण पनि थियो कि ९२ वर्ष र ९ वटा विश्वकप खेलको लामो संघर्षपछि इजिप्टले पहिलो ऐतिहासिक जित दर्ता गरेको हो । इजिप्टले सन् १९३४ मा पहिलो विश्वकप खेलेको थियो ।

न्युजिल्यान्डका लागि फिन सुरम्यानले शक्तिशाली हेडरमार्फत गोल गर्दै पहिलो हाफको १५ मिनेटमै टोलीलाई १-० को अग्रता दिलाएपछि इजिप्ट पहिलो हाफसम्म गोलरहित अवस्थामा थियो ।

इजिप्टका लागि पहिलो गोल मोस्ताफा जिकोले गरेर खेललाई ५४ औं मिनेटमा १-१ को बराबरीमा फर्काए, बराबरी गोलपछि उच्च मनोबलका साथ न्युजिल्यान्डमाथि लगातार दबाब बनाएको इजिप्टका लागि टोलीका स्टार खेलाडी मोहम्मद सलाहले त्यसको १० मिनेट पछि अर्थात ६८ औं मिनेटमा थप गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाउन सफल भए ।

इजिप्टको आक्रामक लय यत्तिकैमा रोकिएन । खेलको ८२औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका ट्रेजेगेटले गोल गर्दै इजिप्टको ३-१ को अग्रता कायम भयो । त्यसपछि दुवैतर्फवाट गोल हुन सकेन ।

ऐतिहासिक जितसँगै समूह ‘जी’ मा इजिप्ट तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने नकआउट चरण (अन्तिम ३२) मा पुग्ने उसको सम्भावना निकै बलियो बनेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)

epaper

ताजा समाचार

कतारको रास लाफान ग्यास प्लान्टमा भीषण विस्फोट : १३ जनाको मृत्यु, ६६ घाइते